पूर्वी इन्डोनेसियामा हेलिकोप्टर सम्पर्कविहीन « Khabarhub

पूर्वी इन्डोनेसियामा हेलिकोप्टर सम्पर्कविहीन


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

जकार्ता- इन्डोनेसियाको पूर्वमा पर्ने उत्तरी मालुकु प्रान्तमा तीन यात्रु बोकेको एउटा हेलिकोप्टर मङ्गलबारदेखि सम्पर्कविहीन भएको छ । मङ्गलबारदेखि उक्त हेलिकोप्टर बेपत्ता भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका प्रमुख फतुर रहमानले बुधबार बताएका हुन् ।

बेपत्ता हेलिकोप्टरको खोजी कार्य जारी छ । स्थानीय समयअनुसार दिउँसो १ः१६ बजे हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविच्छेद भएको थियो ।

बेपत्ता हुनुअघिसम्म उक्त हेलिकोप्टर हलमहेरा तेङ्गाह जिल्लामा जङ्गलमाथि उडिरहेको जनाइएको छ । रहमानका अनुसार पिटी वेडा बे निकेल फर्मद्वारा सञ्चालित हेलिकोप्टरमा तीन यात्रु सवार थिए ।

तिनमा दुई पाइलट र एक यात्रु थिए । कार्यालयका तीन सय कर्मचारी, सैनिक र प्रहरीको संयुक्त उद्धार टोली हेलिकोप्टरको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको क्षेत्रमा गइरहेको रहमानले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : ३७ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको