पूर्वी इन्डोनेसियामा हेलिकोप्टर सम्पर्कविहीन | Khabarhub Khabarhub

पूर्वी इन्डोनेसियामा हेलिकोप्टर सम्पर्कविहीन


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

जकार्ता- इन्डोनेसियाको पूर्वमा पर्ने उत्तरी मालुकु प्रान्तमा तीन यात्रु बोकेको एउटा हेलिकोप्टर मङ्गलबारदेखि सम्पर्कविहीन भएको छ । मङ्गलबारदेखि उक्त हेलिकोप्टर बेपत्ता भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका प्रमुख फतुर रहमानले बुधबार बताएका हुन् ।

बेपत्ता हेलिकोप्टरको खोजी कार्य जारी छ । स्थानीय समयअनुसार दिउँसो १ः१६ बजे हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविच्छेद भएको थियो ।

बेपत्ता हुनुअघिसम्म उक्त हेलिकोप्टर हलमहेरा तेङ्गाह जिल्लामा जङ्गलमाथि उडिरहेको जनाइएको छ । रहमानका अनुसार पिटी वेडा बे निकेल फर्मद्वारा सञ्चालित हेलिकोप्टरमा तीन यात्रु सवार थिए ।

तिनमा दुई पाइलट र एक यात्रु थिए । कार्यालयका तीन सय कर्मचारी, सैनिक र प्रहरीको संयुक्त उद्धार टोली हेलिकोप्टरको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको क्षेत्रमा गइरहेको रहमानले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : ३७ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून