नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. जोशीले सम्हाले पदभार  | Khabarhub Khabarhub

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. जोशीले सम्हाले पदभार 


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रमोद जोशीले पदभार सम्हालेका छन् । 

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको थियो । डा. जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन् । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा जोशीले त्यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो । रिक्त रहेको उक्त पदमा सरकारले डा जोशीलाई नियुक्त गरेको हो । डा. जोशी नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ५ : ३८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग