उन्नत सौर्य ऊर्जा परियोजना उद्घाटन « Khabarhub

उन्नत सौर्य ऊर्जा परियोजना उद्घाटन


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा निर्माण सम्पन्न १८५ केभिए क्षमताको ‘उन्नत सौर्य ऊर्जा परियोजना’को उद्घाटन गरिएको छ ।

संयुक्त राज्य अमेरिका एसिया प्रशान्त कमाण्ड-विश्व शान्ति कार्य प्रयास’को सहयोगमा निर्मित उक्त परियोजनाको आज आयोजित समारोहमा संयुक्त राज्य अमेरिकाका राजनीतिक–सैन्य मामिला ब्यूरोका योजना तथा कार्यसञ्चालनसम्बन्धी उपसहायक विदेश मन्त्री रेचल शिलरले उद्घाटन गरेका हुन् ।

 सो अवसरमा उनले संयुक्त राज्य अमेरिका, नेपाल र संयुक्त राष्ट्र सङ्घबीचको यो त्रिपक्षीय साझेदारीको ‘हाइब्रिड सौर्य ऊर्जा जेनेरेटर’ योजनाको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए। 

‘यो परियोजना दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घ मिसनमा सेवारत नेपाली बटालियनले प्रयोग गर्नका लागि पनि विस्तार गरिने छ’, मन्त्री शिलरले भने। यो परियोजनाले दक्षिण सुडानको रुम्बेकमा रहेको नेपालको बटालियनले प्रयोग गरिरहेको डिजेल जेनेरेटरलाई प्रतिस्थापन गरी हाइब्रिड सौर्य ऊर्जाबाट चल्ने जेनेरेटर प्रविधिमा लगिने छ । मन्त्री शिलरले यसले कार्बन उत्सर्जन कम गर्न र इन्धन खपत घटाएर मिसनको लागत घटाउन मद्दत गर्ने उल्लेख गरे ।

नेपाली सेनाको युद्धकार्य महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले परियोजनाका बारेमा अवगत गराउँदै उक्त अमेरिकी सहयोगप्रति आभार व्यक्त गरे। साथै उनले सामूहिक प्रयास र प्रतिबद्धतामा परियोजना महत्वपूर्ण भएको उल्लेख गरे।

यस परियोजनाबाट उत्पादन हुने ऊर्जाले नेपाली सेनालाई आफ्नो नियमित काममा थप सहजता हुने भन्दै उपरथी अधिकारीले सौर्य ऊर्जाले वातावरण स्वच्छ बनाउन तथा कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : ४८ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण