ईयुको सहयोगमा नेपालका स्थानीय तहमा ग्रिनसिफ्ट परियोजना सञ्चालन हुने « Khabarhub

ईयुको सहयोगमा नेपालका स्थानीय तहमा ग्रिनसिफ्ट परियोजना सञ्चालन हुने


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन- युरोपेली युनियन ईयुको सहयोगमा नेपालका विभिन्न स्थानीय तहमा ग्रिनसिफ्ट परियोजनाको सञ्चालन हुने भएको छ । चितवनमा एक समारोहबीच यस परियोजनाको औपचारिक शुभारम्भ गरिएको छ ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्का र इयुका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले संयुक्त रूपमा सो परियोजनाको शुभारम्भ गरेका हुन् ।

इयुको सहयोगमा क्रिएसन नेपालले सञ्चालन गर्ने सो ग्रीनसिफ्ट परियोजना बागमती, मधेस र लुम्बिनी प्रदेशका ३–३ वटा स्थानीय तहमा चार वर्षसम्म सञ्चालन हुने बताइएको छ ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्काले नेपालमा फोहोर मैला व्यवस्थापन र फोहोर मैला मजदुरको समस्या समाधानका लागि यो परियोजना कोसेढुङ्गा साबित हुने बताइन् । परियोजनालाई कार्यान्वयन गर्न बागमती प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने उनले बताइन् ।

इयुको सहकारिता उपप्रमुख इलोइसा अस्टुडिलोले प्लास्टिक फोहोरको परिक्रमा प्रवर्द्धन गर्न युवाको जीवन शक्तिलाई सदुपयोग गर्नुपर्ने विषयमा जोड दिइन् । ‘यो परियोजना युरोपेली सङ्घको प्राथमिकताको विषय हो, चार वर्षको अवधिमा सञ्चालित परियोजनाबाट रूपान्तरणका प्रयासहरू देख्न म आतुर छु’ उनले भनिन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : २४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४