फिल्मबाट किन विश्राम लिँदैछन् रणभीर र दीपिका ? « Khabarhub

फिल्मबाट किन विश्राम लिँदैछन् रणभीर र दीपिका ?


८ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड नायक रणभीर सिंह र नायिका दीपिका पादुकोणले चलचित्रबाट लामो समयका लागि विश्राम लिने भएका छन् । पहिलो सन्तानको अभिभावक बन्नका लागि यो जोडीले विश्राम लिन लागेको बुझिएको छ ।

रणभीर र दीपिकाले गत फेब्रुअरीमा विवाहको ६ वर्षपछि अभिभावक बन्न लागेको जानकारी गराएका थिए । भारतीय मिडियाका अनुसार यो वर्षको अन्तिममा दीपिकाले पहिलो सन्तानलाई जन्म दिँदै छिन् ।

गर्भवती भएसँगै दीपिकाले सम्झौता गरेका सबै काम पूरा गरिसकेकी छिन् । रणभीर पनि पाइपलाइनमा भएका फिल्महरू छिटै सक्ने र तत्काल कुनै नयाँ फिल्ममा सम्झौता नगर्ने योजनामा रहेको भारतीय सञ्चार माध्यम अमर उजालले जनाएको छ ।

श्रीमती र पहिलो नवजात सन्तानसँग समय बिताउनका लागि रणभीर विश्रामको योजनामा रहेको बुझिएको छ ।

यो जोडीले सामाजिक सञ्जालमा निलो र गुलाबी रङका साना जुत्ता, टोपी तथा बेलुनकाे फोटो सार्वजनिक गरेको छ । उनीहरूले सेप्टेम्बर महिनामा पहिलो सन्तानको आगमन हुने पनि संकेत गरेका छन् ।

यो जोडीले निलो र गुलाबी रङको बच्चाको लुगा सेट सार्वजनिक गर्नुलाई धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले जुम्ल्याहा बच्चाको जन्म दिन लागेको भनेर संकेत दिएको रुपमा पनि लिएका छन् । यद्यपि यो जोडीले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ६ : ३१ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १