संघीय संसदका ५ वटा समितिको बैठक बस्दै | Khabarhub Khabarhub

संघीय संसदका ५ वटा समितिको बैठक बस्दै


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदका विभिन्न ५ वटा समितिको बैठक आज बस्दैछन् । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

जस अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दैछ ।

बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवं थुनुवाहरुको मानवअधिकारको अवस्थाको स्वागत अध्ययन भ्रमण  सम्बन्ध तथ केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रतिनिधिसभाकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।

यस्तै बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजनाको बारेमा छलफल हुनेछ ।

यता, अर्थ समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थमन्त्रीसँग छलफल गर्नुका साथै कार्ययोजना उपसमितिको प्रतिवेदन प्रस्तुत हुनेछ ।

यसैगरी बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उदयपुर र हेटौँडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ९ : ४७ बजे

एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौंमा

काठमाडौ‌– संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त 

काठमाडौं– वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ