राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त « Khabarhub

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त


८ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राष्ट्रिय योजना आयोगमा चार जना सदस्य नियुक्त गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले काठमाडौँकी संगीता सिंह, जुम्लाका डा कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी  र ललितपुरका अरनिकोकुमार पाण्डेलाई आयोगको सदस्यमा नियुक्त गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सिंह, महत र अधिकारी एमाले तथा पाण्डे रास्वापाको कोटाबाट सदस्य बनेका हुन् ।

यस्तै, बैठकले नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल– १ र जुगल–२ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कीत बिशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणी पौडेललाई बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता शर्मले जानकारी दिइन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ११ : ५८ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो