राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त | Khabarhub Khabarhub

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राष्ट्रिय योजना आयोगमा चार जना सदस्य नियुक्त गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले काठमाडौँकी संगीता सिंह, जुम्लाका डा कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी  र ललितपुरका अरनिकोकुमार पाण्डेलाई आयोगको सदस्यमा नियुक्त गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सिंह, महत र अधिकारी एमाले तथा पाण्डे रास्वापाको कोटाबाट सदस्य बनेका हुन् ।

यस्तै, बैठकले नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल– १ र जुगल–२ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कीत बिशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणी पौडेललाई बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता शर्मले जानकारी दिइन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ११ : ५८ बजे

थप २० मिटर छोड्नुपर्ने फैसलाले खैलबैला, स्थानीय आन्दोलित (तस्बिरहरू)

सर्वोच्च अदालतले काठमाडौं उपत्यकामा नदीको मापदण्ड २० मिटर बढाउने निर्णय

‘माओवादी केन्द्रका सबै नेतामा बोसो लागेको छ’

नेकपा (माओवादी केन्द्र) ले प्रतिपक्षीको भूमिकामा पुगेपछि संसदमा विभिन्न प्रश्नहरू

१७ तस्बिरमा हेर्नुस् काठमाडौंमा ऋषि पञ्चमी पूजा

काठमाडौं- सनातन हिन्दू धर्मावलम्बी नारीहरूले आज (आइतबार) सप्तर्षिको पूजा गरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको

माण्डु हाईड्रोले १२ प्रतिशत नगद बोनस दिने 

काठमाडौं– माण्डु हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०–०८१ को मुनाफाबाट