‘दलित समुदायको समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध’ « Khabarhub

‘दलित समुदायको समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध’


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

५९औँ जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानमा छुवाछुत विरोधी व्यवस्था गरेपनि यथार्थमा अहिले पनि विभेद कायम गरेको भन्दै दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले परिवर्तन ल्याउनको लागि आफूले सबैभन्दा धेरै अपिल दलित समुदायलाई गरेको र पहिलो साथ दलित समुदायले नै दिएको धारणा राखे । प्रधानमन्त्री प्रचण्डले सयौँ वर्षदेखि दलित समुदायमाथि भएको विभेदको क्षतिपूर्ति राज्यले दिनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । 

दलित समुदायको समग्र विकासका निम्ति प्राधिकरण गठन गर्ने आफ्नो तयारी रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले जातीय छुवाछूत तथा विभेदलाई कडा दण्डनीय अपराधका रूपमा लिई यसमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याउनु राज्यको दायित्व भएको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले जातीय छुवाछूतजस्तो अपराधलाई उन्मूलन गर्न कानुनी प्रावधानहरू कडा पार्नुका साथै सामाजिक जागरण र राजनीतिक अभियान चलाउनुपर्ने बताए । 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  १ : ३० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा