फ्रान्समा गुगललाई २५० मिलियन युरो जरिवाना | Khabarhub Khabarhub

फ्रान्समा गुगललाई २५० मिलियन युरो जरिवाना


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्सले गुगललाई २५० मिलियन युरो जरिवाना तिराउने भएको छ । फ्रान्सको कम्पिटसन प्राधिकरणले गुगललाई २५० मिलियन यूरो अर्थात् २७२ मिलियन डलर जरिवाना लगाएको हो ।

फ्रान्सको सो नियामकले अमेरिकामा रहेको कम्पनीले सन् २०२२ मा भएको सम्झौता उल्लङ्घन गरेको कारण जरिवाना तिराउने भएको बताएको छ । सम्झौताले मिडिया कम्पनीहरूलाई उनीहरूको सामग्री अनलाइन पुनः उत्पादन गर्न भुक्तानी मामिलामा यो जरिवाना तिराएको हो ।

पेरिसका अधिकारीहरूका अनुसार गुगलले समाचार प्रकाशकहरूसँग उनीहरूको सामग्रीको प्रयोगको पारिश्रमिक कति हुनेछ ? भनेर असल विश्वासका लागि वार्ता नगरेको आरोप लगाएका थिए ।

फ्रान्सेली अधिकारीहरूले हालैका वर्षहरूमा गुगलमा लगाएका धेरै दण्डहरूमध्ये यो सबैभन्दा नयाँ हो ।

टेक टाइटन विरुद्ध पेरिसको दण्डात्मक कार्यहरू डेटा सुरक्षा र प्रतिलिपि अधिकार मुद्दाहरूमा मुख्य रूपमा केन्द्रित छन्। जहाँ सुन्दर पिचाईको नेतृत्वमा रहेको कम्पनीलाई भुक्तान गर्न भनिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  १ : ३८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’