‘बद्रीबहादुर’को ट्रेलर सार्वजनिक, दुईअर्थी संवादलाई विशेष स्थान « Khabarhub

‘बद्रीबहादुर’को ट्रेलर सार्वजनिक, दुईअर्थी संवादलाई विशेष स्थान


८ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बद्रीबहादुर’ को ट्रेलर सार्वजनिक भएको छ । सुन्धारामा बिहीबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । 

टेलरमा फिल्मका मुख्य पात्र जयकिशन बस्नेत, राजिवजंग बस्नेत, सलोन बस्नेत, शोभित बस्नेत, छुल्ठिम गुरुङ, पूजा शर्मालगायतले स्थान पाएका छन् । फिल्ममा अतिथि भूमिकामा रहेका नायक धिरन शाक्यलाई पनि टेलरमा देख्न सकिन्छ । 

मुख्य भूमिकामा रहेका जयकिशन भने हिमाली क्षेत्रको पात्रको भूमिमा देखिने ट्रेलरबाट प्रष्ट हुन्छ । निर्माण पक्षले ‘धेरै हाँस्न नसक्नेले चलचित्र नहेर्नुहोला’ चेतावानीसहित पोस्टर सार्वजनिक गरिएको फिल्मको टेलरमा दुईअर्थी संवादले स्थान पाएका छन् । 

यसको बचाउ गर्दै निर्देशक शोभित बस्नेत भन्छन्, ‘ट्रेलर हेर्दा मात्र त्यस्तो लागेको हो । फिल्म पूरा हेर्दा दुईअर्थी संवादको महसुस नै हुँदैन ।’

एबी पिक्टर्स फर्म र सलोन सलिना फिल्मस्को संयुक्त ब्यानरमा बनेको यस फिल्मका लेखक रामकाजी घिमिरे हुन् । यस फिल्मका निर्माता मिथुन भोटे र कार्यकारी निर्माता रवि अधिकारी हुन् । 

फिल्म चैत २३ गतेबाट प्रदर्शनमा आउँदैछ । विदेशमा भने फिल्म प्रदर्शन भइसकेको निर्माण पक्षले बताएको छ । 

हेर्नुहोस् टेलर :

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  २ : १७ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर