३१ दिनमा सकियो ‘मोदीबेनी’को छायांकन, वर्षा र प्रवीणले दिए अन्तिम शट « Khabarhub

३१ दिनमा सकियो ‘मोदीबेनी’को छायांकन, वर्षा र प्रवीणले दिए अन्तिम शट


८ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘मोदीबेनी’को पूरा छायांकन सकिएको छ । छायांकनको ३१औं दिनमा बुधबार पर्वतको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाकंन सकाएका हुन् । 

यस चलचित्रको छायांकन काभ्रे र पर्वतमा भएको निर्माण पक्षले जनाएको छ । करिब ४५ वर्ष पहिले र हालको परिस्थितिलाई मिश्रण गरी बनाइएको यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा बोकेको छ । 

अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले यस चलचित्रबाट डेब्यु गरेका छन् भने अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छन् । 

चलचित्रमा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याललगायतको अभिनय रहेको छ । 

शङ्कर कोइरालाको डेब्यु निर्देशन रहेको यो फिल्मका लेखक बिक्रम क्षेत्री हुन् । त्यस्तै, फिल्मको निर्माता दिलीप केसी र सह-निर्माता हरि श्रेष्ठ हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ३ : ०८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया