आगामी बजेटमा निर्वाचन क्षेत्रको न्यूनतम सन्तुलनमा ध्यान दिइनेछ : अर्थमन्त्री « Khabarhub

आगामी बजेटमा निर्वाचन क्षेत्रको न्यूनतम सन्तुलनमा ध्यान दिइनेछ : अर्थमन्त्री


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेटमा निर्वाचन क्षेत्रको न्यूनतम सन्तुलनलाई ध्यान दिने बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री पुनले सांसदहरूको भावनाहरूलाई समेटेर आगामी वर्षको बजेटमा निर्वाचन क्षेत्रको न्यूनतम सन्तुलनलाई ध्यान दिने बताएका हुन् । 

त्यस्तै उनले राष्ट्रिय गौरवका योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइने जिकिर गरे । सेवा प्रवाहका काम स्थानीय तह र विकासे कामहरू प्रदेशले गर्ने गरि केन्द्रले आवश्यक समन्वय गर्ने उनले बताए ।

मन्त्री पुनले आन्तरिक राजस्व, भन्सार क्षेत्रमा देखिएका नकारात्मक कुराहरूलाई सुधार गर्दै यस क्षेत्रलाई प्रभावकारी बनाउने जानकारी दिए। उनले चुहावट रोक्ने गरि कार्ययोजना सरकारले तयार गरेको भन्दै भन्सार लगायतका क्षेत्रमा अर्को महिनादेखि सुधारका संकेत देखिने धारणा राखे । मन्त्री पुनले कृषिको आधुनिकीकरण, ऊर्जाक्षेत्रको विकास र निर्यात, पुँजी वृद्धि लगायतका विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले आयोजना सुरु गरेर अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने सुझाव दिएका थिए । साथै उनीहरूले क्षेत्रगत विकासलाई पनि ध्यान दिएर बजेट तयार गर्नुपर्ने बताएका थिए ।

समिति सदस्य सूर्य थापाले करोडौँ रकम खर्च भएर अन्तिम अवस्थामा आयोजनाहरू अलपत्र परेकाले त्यसलाई ध्यान दिनुपर्ने बताए। गठबन्धनको न्यूनतम साझा कार्यक्रमलाई व्यवहारमा उतार्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ३ : ४० बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति