पाँच गैँडा स्थानान्तरण « Khabarhub

पाँच गैँडा स्थानान्तरण


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन् । पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दिव्यपुरी क्षेत्रबाट दुई गैँडालाई पूर्वी क्षेत्रमा ल्याइएको छ ।  अन्दाजी आठ र १७ वर्षका भाले गैँडालाई नियन्त्रणमा लिई पूर्वी चितवनको खैरहनी नगरपालिकाअन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वन नजिक निकुञ्जको भित्री भागमा छाडिएको छ ।

यस्तै कावासोती क्षेत्रबाट एउटा गैँडा नियन्त्रणमा लिई पूर्वी क्षेत्रमा ल्याइएको छ । अन्दाजी २८ वर्षको सो भाले गैँडालाई कसराबाट पूर्वी क्षेत्रमा छोडिएको हो । दुई पोथी गैँडा सुखीभार क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार बुधबार १० वर्षको पोथी गैँडा ल्याइएको हो । आज आठ वर्षको पोथी गैँडालाई ल्याइएको छ । यी सबै गैँडा एकै क्षेत्रमा छोडिएको उनले बताए।

निकुञ्जका हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएका नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनाको जनशक्ति गैँडा स्थानान्तरणमा खटाइएको छ । निकुञ्जले छ गैँडालाई आन्तरिक स्थानान्तरणको तयारी गरेको छ । 

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने गर्छन् । पूर्वी क्षेत्रमा घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा स्थानान्तरण गरिएको हो । 

त्यसमध्ये एउटा भाले गैँडालाई कोशीटप्पुमा स्थानान्तरण गरिने भएको छ । गत असोज १० गते त्यहाँ दुई पोथी गैँडा लगिएको थियो । प्रजनन प्रक्रिया सहज बनाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ५ : १३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार