शर्मिला वाइबालाई थप दुई दिन थुनामा राख्न अनुमति « Khabarhub

शर्मिला वाइबालाई थप दुई दिन थुनामा राख्न अनुमति


८ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युट्युबमा विभिन्न किसिमका फन्डा गर्दै भाइरल बनेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि सातौँ पटक म्याद थप गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले खबरहबलाई जानकारी दिए ।

उनले भने, ‘वाइबामाथि अंगभंगको कसुरमा फेरि हिरासतमा राख्न अनुमति दिइएको हो ।’

हास्य कलाकार पवन खतिवडालाई ‘म्याकुरी’ले वाइबाले कुटपिट गरेको भन्दै महाराजगञ्ज प्रहरी वृतमा उजुरी दिएसँगै उनलाई फागुन १६ गते पक्राउ गरिएको थियो । वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । 

घरायसी विवादमा वाइबाले हस्तक्षेप गर्दै आक्रमण गरेको खतिवडाको आरोप छ । 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ५ : ५३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर