संसद्को बाँकी अवधिसम्मै गठबन्धनले मिलेर काम गर्छ : उपप्रधानमन्त्री महासेठ « Khabarhub

संसद्को बाँकी अवधिसम्मै गठबन्धनले मिलेर काम गर्छ : उपप्रधानमन्त्री महासेठ


८ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले संसद्को बाँकी अवधिसम्म वर्तमान गठबन्धनले मिलेरै काम गर्ने बताएका छन्। 

जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री महासेठले प्रतिपक्षमा रहेका दलहरूसहितको सहकार्यमा वर्तमान गठबन्धन सरकारले देश विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताए । 

नेपाल कम्युनिष्ट (एमाले)ले चार वर्ष तीन महिनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्न पाएको भन्दै उनले प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्नु निर्देशन दिनुभएकाले आफू त्यसमा कटिबद्ध भएर लाग्नेसमेत बताए । 

त्यसैगरी धनुषामा अधुरा रहेका सडक, पुल पुलेसा र अन्य विकास निर्माणका काम आफ्नै पालामा सम्पन्न गर्नेगरी काम गर्ने पनि महासेठको भनाइ थियो । 

    

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ७ : ३७ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम