'प्रशिक्षकबिना खेलकुदको विकास असम्भव' | Khabarhub Khabarhub

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई सम्बोधन गदै उनले नयाँ प्राविधिक कर्मचारी व्यवस्थापन गर्न ऐनमा देखिएका समस्या हटाउन सरकारले गृहकार्य थालेको जानकारी दिए। खेलकुदभित्र बजेटमा देखिएका समस्या समाधान गर्न आफू प्रयत्नशील रहने प्रदेश खेलकुद परिषद्को अध्यक्षसमेत रहेका मन्त्री जिसीले बताए ।

सरकार आफ्नो उद्देश्य प्राप्तिका लागि अघि बढिरहेको बताउँदै उनले भने, “हाम्रा माग असिमित छन् । बजेट न्यून छ । तर हामी न्यून बजेटबाटै प्रतिफल प्राप्त गर्नुछ ।”सरकार राजनीतिक निकासका लागि पहल गरिरहेको उल्लेख गर्दै उनले नीतिगत समस्या पन्छ्याउँदै नयाँ गतिमा अघि बढ्ने दाबी गरे।

परिषद्का सदस्य सचिव श्रीधर शर्माले परिषद्को गतिबिधिबारेमा जानकारी दिए थिए । बैठकले १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने गरी बजेटको बाँडफाँड गरेको छ । पहिलो पटक आयोजना हुन लागेको बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिताको तयारीलाई समेत तीव्र बनाउने निर्णय गरिएको छ ।

यसैगरी यू–१५ राष्ट्रिय जुनियर राष्ट्रिय प्रतियोगिता पोखरामा सञ्चालन गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमा प्रस्ताव पेस गर्ने जनाएको छ । उक्त प्रतियोगिता आगामी २०८० जेठमा हुने तय भएको छ । बैठकले परिषद्का पूर्व अध्यक्ष एवं पूर्वमन्त्री सुशीला सिम्खडालाई आफ्नो कार्यअवधिभर खेलकुद, खेलाडी र प्रदेश खेलकुद परिषद्को विकासमा पु¥याएको योगदानको कदर गर्दै आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ८ : १९ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार