ऋण पुनःसंरचना गर्न श्रीलङ्कालाई आइएमएफको आग्रह « Khabarhub

ऋण पुनःसंरचना गर्न श्रीलङ्कालाई आइएमएफको आग्रह


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बिहीबार श्रीलङ्काले आफ्नो सबैभन्दा खराब आर्थिक सङ्कटबाट पुनःप्राप्तिलाई निरन्तरता दिन प्रमुख द्विपक्षीय ऋणदाता चीन र अन्य ऋणदाताहरूसँग ऋण पुनःसंरचनालाई तीव्रता दिनुपर्ने बताएको छ ।

मुलुकमा खाद्यान्न, इन्धन र औषधिजस्ता आवश्यक वस्तु आयात गर्न विदेशी मुद्रा समाप्त भएकाले सन् २०२२ अप्रिलमा श्रीलङ्काले आफ्नो ४६ अर्ब डलरको विदेशी ऋण भुक्तानी गर्न सकेको थिएन । महिनौँसम्म चलेको विरोध प्रदर्शनका कारण तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेले भ्रष्टाचार र खराब व्यवस्थापनको आरोप लागेपछि राजीनामा दिन बाध्य हुनुपरेको थियो ।

आइएमएफले चार वर्षको दुई अर्ब ९० करोड डलरको जमानत राशिमा ३३ करोड ७० लाख डलरको तेस्रो किस्ता रिलिजका लागि मार्ग प्रशस्त गर्न कोलम्बोसँग कर्मचारीस्तरीय सम्झौतामा पुगेको बताएको छ । आइएमएफले ‘महत्त्वपूर्ण’ अर्को कदम भनेको ऋणदाताहरूसँगको सम्झौताहरूलाई अन्तिम रूप दिनु रहेको बताएको छ ।

श्रीलङ्काको कूल विदेशी ऋणको करिब १० प्रतिशत हिस्सा बेइजिङको रहेको छ । चीनले डिसेम्बरमा श्रीलङ्काको ऋण पुनःसंरचनाका लागि ‘सैद्धान्तिकरूपमा’ सहमति व्यक्त गरेको थियो तर कोलम्बो र बेइजिङले विवरण दिएका छैनन् र दुवैले अहिलेसम्म सम्झौतालाई अन्तिम रूप दिन सकेका छैनन् ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिक्री तथा व्यक्तिगत आयकर बनाएका छन्, ऊर्जा अनुदानमा कटौती गरेका छन् र आइएमएफ उद्धार सम्झौताअनुरूप सुधार र मितव्ययिता उपायहरूलाई अगाडि बढाएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ८ : २७ बजे

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन

चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

चितवन- चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश