धोनीले दिए चेन्नाई फ्रेन्चाइजीको कप्तानबाट राजीनामा « Khabarhub

धोनीले दिए चेन्नाई फ्रेन्चाइजीको कप्तानबाट राजीनामा


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

चेन्नाई । पाँच पटकको इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन चेन्नाई सुपर किङ्ग्स (सिएसके) ले आइपिएल २०२४ को आगामी सिजनअघि बिहीबार स्टार ओपनर ऋतुराज गायकवाडलाई टिमको नयाँ कप्तान घोषणा गरेको छ ।

यो निर्णयले सिएसकेको नेतृत्वमा रहेको एमएस धोनीको लामो शासनको अन्त्यको सङ्केत गर्दछ । आफ्नो नेतृत्वमा धोनीले पाँच वटा आइपिएल दिलाएका छन् ।

“एमएस धोनीले आइपिएल २०२४ सुरु हुनुअघि सिएसकेको कप्तानी ब्याट्सम्यान ऋतुराज गायकवाडलाई हस्तान्तरण गर्नुभयो, ऋतुराज सन् २०१९ देखि सिएसकेका अभिन्न अङ्ग हुनुहुन्छ र उहाँले यस अवधिमा आइपिएलमा ५२ खेल खेल्नुभएको छ”, सिएसकेले बिहीबार आधिकारिक विज्ञप्तिमार्फत भनेको छ ।

धोनीले २१२ आइपिएल खेलमा सिएसकेको नेतृत्व गरे । यसमा १२८ खेलमा जित र ८२ मा पराजित हुनुभयो । सन् २००७ को टि–२० विश्वकप, सन् २०११ को एकदिवसीय विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफीमा टिमलाई उपाधि दिलाएपछि धोनीले सन् २०२० अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए ।

गत वर्ष धोनीको नेतृत्वमा अहमदाबादमा गुजरात टाइटन्सविरुद्ध चेन्नाई फ्रेन्चाइजीले कीर्तिमानी पाँचौँ आइपिएल उपाधि जितेको थियो । बयालिस वर्षीय धोनी भारतीय क्रिकेटका सबैभन्दा प्रशंसित अनुहारमध्ये एक हुन् र वर्तमान केही क्रिकेट स्टारका तुलनामा प्रशंसकहरूबाट आनन्द लिइरहेका छन्। सन् २००८ मा आइपिएलको उद्घाटन सत्रदेखि नै उहाँले चेन्नाईको कप्तानी गरेका छन् ।

उनले सन् २०२२ सिजनको प्रारम्भमा स्टार अलराउन्डर रवीन्द्र जडेजालाई कप्तानी हस्तान्तरण गरेका थिए तर सिजनको मात्र आठ खेलपछि पुनः फ्रेन्चाइजीको नेतृत्व गरे ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ८ : ३५ बजे

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको

बाढीको जोखिम कायमै : हिमतालमा बनेको ७ मिटर अग्लो प्राकृतिक बाँध जुनसुकै बेला फुट्ने चीनको चेतावनी

काठमाडौं– रसुवामा बाढीको जोखिम अझै कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले

रसुवाको बाढीपछि नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोटेकोशी र त्रिशूली नदी

डब्लुएचओले बाढीपीडितलाई औषधि पठाउँदै

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान