वातावरण जोगाउन जल सतह बचाउन आवश्यक « Khabarhub

वातावरण जोगाउन जल सतह बचाउन आवश्यक


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता र वातावरण जोगाउन जल सतह बचाउनुपर्ने आवश्यकता औल्याइएको छ ।

‘विश्व पानी दिवस’को सन्दर्भमा सम्पदा तथा पर्यटन विभागद्वारा एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा आज यहाँ आयोजित ‘हिटी प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरा औँल्याएका हुन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौको हिटी (ढुङ्गेधारा) प्रणालीलाई बचाउनु पर्ने बताइन् ।

उनले हिटी प्रणाली भूमिगत र वर्षातको पानी सतहको उपयोग गरेर पानीको वहावलाई नियमित गराएर सहरी विकासको पूर्वाधार आवश्यकता परिपूर्ति गर्ने प्रणालीका रुपमा स्थापित भएको बताइन्।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै हिटी संरक्षणविद् पद्मसुन्दर जोशीले भने,“नेपाल भाषामा सफालाई ‘यचु’ भनिन्छ । यही यचुबाट ‘यि’ वा ‘इ’ र ‘झोल’को अर्थमा ‘ती’ मिलेर ‘चयुति’ भएको देखिन्छ । कथ्य भाषामा ‘यचुति’, ‘यिति’ हुँदै ‘हिति’ भएको हो । हितिहरुमा पाइने शिलालेखहरुमा यसको उपयोगका विषयमा नियम लेखिएको पाइन्छ । मलमूत्र लिएर, छालाको जुत्ता लगाएर जान नहुने नियम उल्लेख छ ।”

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्क उद्धृत गर्दै संरक्षविद् जोशीले उपत्यकामा पाँच सय ७३ हिटी प्रणाली भएको बताउनुभयो ।ती मध्ये ३५ प्रतिशतमा अहिले पनि पानी आउँछ । ४९ प्रतिशत सुख्खा भएका छन् ।

चार प्रतिशत हराइसकेका छन् । महानगरपालिकाले अस्तित्वमा रहेका ढुङ्गेधाराको अस्तित्व बचाउन महानगर गौरव योजनाअन्तर्गत ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनःस्थापना’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । जल सम्पदासँग जोडिएका महानगरभित्रका ढुङ्गेधारा, हिटी र पोखरी जस्ता ५० वटा सम्पदा पुनःस्थापना गर्ने यसको लक्ष्य हो । चालु आर्थिक वर्षमा यसका लागि रु बीस करोड विनियोजन गरिएको छ ।

कामपाको सहयोगमा अलान फाउन्डेसनले यसैवर्ष हिटीको विद्यमान अवस्थाका बारेमा अध्ययन गरेको थियो । अध्ययन गएको मङ्सिर महिनामा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ९ : ५५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका