विश्व खुशी प्रतिवेदनमा नेपाल ९३औं स्थानमा | Khabarhub Khabarhub

विश्व खुशी प्रतिवेदनमा नेपाल ९३औं स्थानमा


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व खुशी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुशी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुशी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुशीको सुचांकमा नेपालले ९३ औं स्थान प्राप्त गरेको हो ।

उक्त प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । फिनल्याण्डपछि प्रमुख दशमा डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्टे«लिया छन् । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुशी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ

उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घ दिगो विकास सोलुसन नेटवर्क र डब्लुएचआर्स एडिटोरियल बोर्डले प्रकाशन गरेको हो ।

मुख्यत जीवन मूल्याङ्कनका प्रश्न उत्तरलाई आधार मानी प्रतिवेदन तयार पारिएको जनाइएको छ । उत्तरदाताहरुलाई आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बरबीच अङ्क दिने गरी प्रश्न सोधिएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  १० : ४३ बजे

काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै

काठमाडौं – काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा