‘लाइसेन्स’ लिएर मात्र पर्यटकलाई घुमाउन आग्रह « Khabarhub

‘लाइसेन्स’ लिएर मात्र पर्यटकलाई घुमाउन आग्रह


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय टुरिष्ट गाइड एशोसियशन अफ नेपाल (टुर्गान)ले टुरिष्ट गाईडको अनुमति पत्र ‘लाइसेन्स’ बिना विदेशी पर्यटकलाई विश्वसम्पदा सूचीमा घुमाउने गाईडलाई कारबाही अगाडि बढाएको छ ।

टुर्गानले पर्यटक प्रहरी इकाईसँगको सहकार्यमा गत मङ्गलबारदेखि सुरु गरेको अभियानमा हालसम्म नौ जना अवैध पथप्रदर्शक (गाईड)लाई कारबाही गरिसकेको टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले जानकारी दिए ।

“टुरिष्ट गाईडको लाइसेन्स नलिएका तथा लाईसेन्स लिएर पनि नवीकरण नगरेका गाईडलाई कारबाही गरेका हौँ,” उनले भने ।

जाँचका क्रममा मङ्गलबार चार र बुधबार पाँच जनालाई कारबाही गरिएको अध्यक्ष देवकोटाले बताए। मङ्गलबार बौद्ध क्षेत्रमा लाइसेन्स जाँच गरिएकोमा बुधबार हनुमानढोका बसन्तपुर क्षेत्रमा अनुगमन गरिएको थियो ।

आगामी दिनमा उक्त अभियानलाई पशुपतिनाथ, स्वयम्भू, पाटन, भक्तपुर दरबारक्षेत्रमा जाँच गरिने टुर्गानले जनाएको छ । उक्त टोलीले लाइसेन्स नलिएका तथा नवीकरण नगरेका टुरिष्ट गाईडलाई दुई घण्टा होल्ड गर्ने र सचेत गराउने गरेको छ ।

पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख, प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले टुरिष्ट गाईडको लाइसेन्स बिना भाषिक ज्ञान भएका जोकोही व्यक्तिले पर्यटकलाई घुमाएकाले गाईडको लाइसेन्स जाँचलाई पर्यटक प्रहरीले तीव्रता दिएको बताए ।

“होटलका कार्यरत कर्मचारी, ट्रेकिङ तथा ट्राभलमा कार्यरत कर्मचारीले बिना लाइसेन्स पर्यटक घुमाउँदा पर्यटक गाईडको लाईसेन्स भएका व्यक्तिलाई समेत समस्या परेको छ, त्यसैले बेलाबेलामा पर्यटक प्रहरीले टुरिष्ट गाईडको लाइसेन्स जाँच गर्दै आएको छ,” उनले भने ।

हाल देशभर चार हजार आठ सय २० व्यक्तिले टुरिष्ट गाईडको लाइसेन्स लिएका छन् । नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दुतको कामसमेत टुरिष्ट गाईडको रहेकाले अनुशासित र मर्यादित भएर आफ्नो व्यापार व्यवसाय गर्न टुर्गानले सम्पूर्ण गाईडलाई अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  १० : ५६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल