श्रीमतीको खानामा केमिकल मिसाइयो : इमरान खान « Khabarhub

श्रीमतीको खानामा केमिकल मिसाइयो : इमरान खान


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको मेडिकल जाँचका लागि अनुरोध स्वीकार गरेको छ ।

अदालतले दुई दिनभित्र पूर्व प्रथम महिला बीबीको निजी अस्पतालमा इन्डोस्कोपी गर्न निर्देशन दिएको छ ।

७१ वर्षीय खानलाई धेरै मुद्दामा दोषी ठहर गर्दै रावलपिण्डीकाे अदियाला जेलमा राखिएको छ भने बुशरा बीबी हाल इस्लामाबादस्थित खानको निजी निवास बनी गालामा बन्दी छिन् ।

शुक्रबार मात्रै पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका संस्थापक इमरान खानले ४९ वर्षीया बुशरा बीबीलाई शौचालय सफा गर्ने खाना मिसाइएको अदालतमा दाबी गरेका थिए ।

न्युज इन्टरनेशनलका अनुसार खानले शौकत खानुम अस्पतालका प्रमुख चिकित्सा अधिकारी डा. असिम युसुफले बुशरा बीबीको शिफा इन्टरनेशनल अस्पतालमा परीक्षण गर्न सिफारिस गरेको तर जेल प्रशासन पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) मा परीक्षण गराउन अडिग रहेको बताए । अदालतले सुनुवाइ अप्रिल २३ सम्मका लागि स्थगित गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ७ : २१ बजे

मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

झापा– बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ