पनौतीमा पशु खोप अभियान सञ्चालन « Khabarhub

पनौतीमा पशु खोप अभियान सञ्चालन


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेको पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै  पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो ।

पनौती नगरले गाई, भैँसीमा लाग्ने लम्पीस्किन तथा भेडाबाख्रामा लाग्ने पीपीआर रोगविरुद्धको खोप निःशुल्क लगाउने नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाले बताए ।

पनौती नगर क्षेत्रभित्रका सम्पूर्ण पशुमा रोग रोकथामका लागि डेढ महिना अभियानको रूपमा किसानका गोठमा गई निःशुल्क खोप लगाइने छ ।

बाह्र वडा रहेका नगरमा विभिन्न मितिमा अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । शाखाले यसअघि सार्वजनिक अपिल गर्दै यस अभियानलाई किसानले साथ दिन र आफूले पालेका निरोगी गाई, भैँसी तथा भेडाबाख्रालाई खोप लगाउन अनुरोध गर्दै आएको थियो ।

गत वर्ष नगरले नगरका ९ हजार ९ पशुमा लम्पीस्किन विरुद्धको खोप लगाइएको सापकोटाले जानकारी दिए ।

गत वर्ष पनौती नगरमा लम्पीस्किन रोगले महामारीको रूप लिँदा तीन सय किसानका पाँच सय पशु मरेका थिए । पशुचौपाया मरेका किसानलाई २०८० असोजमा प्रतिपशुचौपाया १० हजारका दरले राहत रकम वितरण गरिएको थियो ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार लम्पीस्किनका कारण काभ्रेपलाञ्चोकमा गत वर्ष ३१ हजारभन्दा बढी पशु सङ्क्रमित बनेको जनाएको छ ।

यसमध्ये जिल्लाको १३ स्थानीय तहमा ६ सय ८१ पशुचौपाया मरेका थिए । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसी मरेका हुन् । बनेपा नगरका छवटा वडामा एक सय १८ पशु मरेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ७ : ४० बजे

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले