आईपिएलको आकर्षण विस्फोटक ब्याटिङ | Khabarhub Khabarhub

आईपिएलको आकर्षण विस्फोटक ब्याटिङ


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

यो सिजनको आईपिएलमा सनराइजर्स हैदरावाद र कलकाता नाइट राइडर्सको ब्याटिङ आश्चर्यकै देखिएको छ। कलकाताले पहिलो खेलमा हेदरावादको सामना गरेको थियो। सो खेलमा दुवै टोलीले २०० को आँकडा पार गरेका थिए। त्यो खेलमा त हैदरावादको ब्याटिङ जादु आश्चर्यजनक नै देखिएको छ। दिल्ली क्यापिटलसँगको खेलमा ६ दशमलव २ ओभरमा १३१ रनको साझेदारी त सबैका लागि आश्चर्य बन्यो।

उता, स्टार स्पिनरको रूपमा छवि बनाएका सुनिल नारायणले हार्ड हिटरको रूपमा आफूलाई सही मात्र स्थापित गरेका छैनन्। लगातार लामो र विस्फोटक पारी खेल्दै सबैलाई आश्चर्यमा पारेका छन्। राजस्थानमा जोस बटलर पनि त्यत्तिकै जमेपछि यो आईपिएल इतिहासकै सबै भन्दा धेरै रनको रूपमा कीर्तिमानी बन्ने लगभग निश्चित देखिएको छ। आईपिएलमा शनिबार भएको खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले हरायो।

सुरुमा ब्याटिङ गरेको हैदरावादले २६६ रन बनाएको थियो। हेडले ३२ बलमा ८९ रन बनाउँदा अभिषेक शर्माले १२ बलमा ४६ रन जोडे। यी दुईले ३८ बलमा पहिलो विकेटका लागि १३१ रनको साझेदारी गरेका थिए। हेड सो खेलको म्यान अफ द म्याच भए।

मुम्बई इन्डियन्ससँग हैदरावादले २७७ रन जोडेको थियो। सो खेलमा हेडले २४ बलमा ६२ तथा शर्माले २३ बलमा ६३ रन जोडेका थिए।
गुजरात टाइटानसँग पराजित हैदरावादले चेन्नाई सुपर किङ्ससँगको खेलमा पनि १६६ रनको लक्ष्य ११ बल बाँकी रहँदा पुरा गरेको हो। शर्माले फेरि १२ बलमा ३७ रन जोडे।

सुरुमा ब्याटिङ गरेको हैदरावादले २६६ रन बनाएको थियो। हेडले ३२ बलमा ८९ रन बनाउँदा अभिषेक शर्माले १२ बलमा ४६ रन जोडे। यी दुईले ३८ बलमा पहिलो विकेटका लागि १३१ रनको साझेदारी गरेका थिए। हेड सो खेलको म्यान अफ द म्याच भए।

त्यसो कलकाता पनि कम होइन। पहिलो खेलमा कलकातामा अपेक्षा गरिएका ब्याट्सम्यान असफल भए पनि सुनिल नारायणले उत्कृष्ट प्रदर्शन गरेका थिए। ओपनरको रूपमा ब्याटिङ गरेका नारायणले ५४ रनको पारी खेले। भलै उनले यसका लागि ४० बलको सामना गरे। रसेलले २५ बलमा ६४ रन जोडे। हैदरावादले २०९ रनको लक्ष्य पुरा गर्ने लक्षण नदेखाएको होइन। परन्तु नारायणले ४ ओभरमा १९ रन मात्र खर्चेर एक विकेट लिएपछि यसले हैदरावादलाई ठुलो धक्का दिएको थियो।

दोस्रो खेलमा पनि कलकाताले १८३ रनको लक्ष्य पाएको थियो। १९ बल बाँकी रहँदा कलकाताले ३ विकेटको क्षतिमा १८६ रन बनाएको थियो। नारायणले फेरि २२ बलमा ४७ रन जोडे।

सनराइजर्स हैदरावादका ओपनर ट्रेभिस हेड । तस्बिर : क्रिकइन्फो

दिल्लीसँग कलकाता फेरि २७२ रनको योगफल खडा गरेको थियो। सो खेलमा नारायणले ३९ बलमा ८५ रन जोडे। रसेलले पनि १९ बलमा ४१ रनको पारी खेले। सो खेलमा नारायणले ४ ओभरमा २९ रन खर्चिँदै एक विकेट लिए।

चेन्नाई सुपर किङ्ससँग अत्यन्त कमजोर ब्याटिङ गरेको कलकत्ता लखनउ सुपर जाइन्ट्सँग १६२ रनको लक्ष्य २६ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा पुरा गरेको हो। सो खेलमा भने फिल साल्ट जमे। उनले ४७ बलमा ८९ रन जोडे।

त्यो खेलमा पनि नारायणले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए। कलकाता छैटौँ खेलमा भने नपत्याउँदो हारको सामना गर्न पुगेको थियो। राजस्थान रोयल्ससँग २२३ रनको योगफल खडा गरेको कलकाताले त्यसलाई जोगाउन सकेको थिएन। कलकाताका लागि नारायणले शतक प्रहार गरेका थिए। उनले ५६ बलमा १०९ रन जोडे। राजस्थानका जोस बटलरले ६० बलमा १०७ रन जोडेपछि अन्तिम बलमा ८ विकेटको क्षतिमा लक्ष्य पुरा गर्न सफल भएको हो। यस आईपिएलका उत्कृष्ट प्रदर्शन गरिरहेका रियान परागले १४ बलमा ३४ रन जोडेका थिए।

बटलरको सनसनीपूर्ण प्रदर्शनकै कारण राजस्थान ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा छ। राजस्थानले पहिलो खेलमा लखनउलाई हराएको थियो। १९३ रन जोडेको राजस्थान सो खेलमा कप्तान सञ्जु सामसनले सर्वाधिक ८२ रन जोडे पनि परागले २९ बलमा ४३ रन प्रहार गरेका थिए।

ट्रेन्ट बोल्टको शानदार बलिङले मुम्बई इन्डियन्सलाई १२५ रनमा सीमित गरेको राजस्थानका लागि ब्याटिङमा भने पराग नै जमे। परागले ३९ बलमा ५४ रन जोडेका थिए। दिल्लीलाई राजस्थानले १२ रनले हराएको हो। सो खेलमा परागले ४५ बलमा ८४ रन जोडे। उनी सो खेलको म्यान अफ द म्याच घोषित भए।

रोयल च्यालेन्जर बंगलोरसँगको खेलमा भने बटलरको शतकका कारण विराट कोहलीको शतकले पनि बंगलोरलाई जिताउन सकेन। कोहलीले ७२ बलमा ११३ रन प्रहार गरेपछि राजस्थानले १८४ रनको लक्ष्य पाएको थियो।

बटलरले ५५ बलमा सय रन जोडे पछि राजस्थानले ५ बल बाँकी रहँदा लक्ष्य पुरा गरेको हो। पन्जाबसँग बलर हाबी भएको खेलमा भने राजस्थान सिम्रन हटमायरको ब्याटिङका कारण विजयी भएको थियो। हटमायरले १० बलमा २७ रन प्रहार गरेका थिए।

चालु आईपिएलमा अझ धेरै खेल बाँकी छन्। अहिलेसम्म भएका खेलमा सबै भन्दा धेरै रन प्रहार गर्ने खेलाडी कोहली छन्। उनले ३६१ रन प्रहार गरी सकेका छन्। उनको स्ट्राइकिङ रेट १४७ दशमलव ३४ मात्र छ। जसका कारण उनले रन जोडे पनि टोलीले जित हात पार्न सकेको छैन। ७ खेलमा २ अङ्क मात्र जोडेर पुछारमा छ।

चालु आईपिएलमा अझ धेरै खेल बाँकी छन्। अहिलेसम्म भएका खेलमा सबै भन्दा धेरै रन प्रहार गर्ने खेलाडी कोहली छन्। उनले ३६१ रन प्रहार गरी सकेका छन्।

हेडले ६ पारीमा २१६ को स्ट्राइक रेटमा ३२४ रन जोडे। परागले १६१ दशमलव ४२ को स्ट्राइक रेटमा ३१८ रन जोडे। नारायणले १८७ दशमलव ७५ को स्ट्राइक रेटमा २७६ रन जोडेका छन्। रसेलले १२८ रन मात्र जोडेका छन्। परन्तु उनको स्ट्राइक रेट २०० छ। अभिषेक शर्माले २५७ रन जोडेका छन्। उनको स्ट्राइक रेट २१५ दशमलव ९६ छ। यो हैदरावादको धेरै खेलमा जितको आधार बनेको छ।

महेन्द्र सिंह धोनीले ८७ रन मात्र प्रहार गरेका छन्। अन्तिममा फिनिसरको भूमिकामा उत्कृष्ट धोनीको पनि स्ट्राइक रेट २०० छ। यो आईपिएलमा अझ कत्ति विशाल स्कोर देख्न सकिन्छ यकिन छैन। तर के पुष्टि भएको छ भने अबका खेलमा पनि लामो पारीले मात्र टोलीलाई जिताउने छैन। लगातार विस्फोटक ब्याटिङ आवश्यक छ। साथमा नारायणको झैँ ब्याटिङ र बलिङ दुवैमा जम्ने खेलाडी अन्य कोही हुने सम्भावना नै कम छ। सायद यो आईपिएलमा दुई सय भन्दा माथिको स्ट्राइक रेटको खास चर्चा हुनेछ।
स्रोत : क्रिकइन्फो

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ८ : ३१ बजे

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न