पर्सामा आगलागीबाट लाखौँको क्षति « Khabarhub

पर्सामा आगलागीबाट लाखौँको क्षति


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्साको छिपहरमाई–१ भलमहिया बस्तीमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले उक्त बस्तीका फुसले बनेका १५ घर जल्दा लाखौँको क्षति भएको हो ।

भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति हुँदा १२ लाख ८४ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

छिपहरमाई–१ का वडाध्यक्ष कामेश्वरप्रसाद यादवले भारतीय भूमिबाट सल्किएका आगोका कारण नेपालका १५ किसानको भित्र्याउने अवस्थाको बाली नष्ट भएको बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक कुमारविक्रम थापाले नेपाली भूमिमा आगो सल्किएको थाहा पाउनेबित्तिकै सबै निकायको समन्वयमा तीन घण्टाभित्रै आगो निभाउन सम्भव भएको बर्ताए ।

प्रहरी चौकी मिर्जापुर, इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोली, स्थानीय तथा वीरगञ्ज महानगरपालिकाको दमकल, पोखरीया नगरपालिकाको दमकल, विपद् व्यवस्थापन गुुल्म पर्साको दमकलको सहयोगमा आगो निभाउन सफल भएको हो ।

आगजनीको कारणले छिपहरमाई गाउँपालिका–१ भलमहियाका मलबोद यादवले सञ्चालन गर्दै आएको ओमपाथीभारा पशुपक्षी फार्म जलेर नष्ट भएको छ । सो फार्ममा रहेका २५ क्विन्टल दाना र फुसको घरसहित कुखुरा जलेर नष्ट हुँदा चार लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

आगजनीले सोही ठाउँका किसान किसनदेव हजराको फुसको घर, २० क्विन्टल गहुँ, लत्ताकपडा र भाडावर्तन गरेर दुई लाख ८० हजार रुपैयाँ बराबरको अन्नबाली तथा सामान नष्ट भएको छ ।

आगोले राजु यादवको ३३ कठ्ठामा रहेको गहुँ, पराल गरी एक लाख रुपैयाँ बराबरको अन्नबाली नष्ट भएको छ । चेतमन राउत अहिरको पनि ६ कठ्ठामा रहेको गहुँबाली जलेको छ । सोही ठाउँका उपेन्द्र यादव र हाकिम यादवको पनि आठ–आठ कठ्ठामा रहेको गहुँबाली नष्ट भएको छ ।

किसान ताराचन्द्र साह तेलीको ३० कठ्ठामा रहेको गहुँ र पराल गरी एक लाख २० हजार मूल्यको अन्नबाली जलेर क्षति भएको छ । भिखरी राउत अहिरको पराल जल्दा ३० हजारको क्षति भएको छ ।

आगजनी भएर वीरेन्द्र यादवको फुसको गोठसहित १० क्विन्टल गहुँसहित ८० हजार बराबरको क्षति भएको छ । त्यसैगरी साहेब राउत र जुगुल यादवको पराल जल्दा जनही २० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : ३४ बजे

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी

‘पैदलयात्री बस्ने सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालिएको हो, हटाइएको होइन’

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूको करिडोरमा पैदल यात्रीलाई

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब