कुमारी बैंकले दियो १० लाख रुपैयाँको बीमा रकम   « Khabarhub

कुमारी बैंकले दियो १० लाख रुपैयाँको बीमा रकम  


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

खाता धारकको परिवारको तर्फबाट कावासोती न.पा. वडा नं २ निवासी निज खाता धारक लक्ष्मी पाण्डे र उनको श्रीमान् विश्व नाथ पाण्डेलाई संयुक्त रूपमा रकम हस्तान्तरण गरिएको थियो ।

उक्त रकम कुमारी बैंक लिमिटेडको कावासोती शाखाबाट हस्तान्तरण गरिएको थियो । नेको इन्स्योरेन्स लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भई कुमारी बैंक लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको थियो ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।

सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरूको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ इकाईहरू मार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १ : १९ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक