उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग « Khabarhub

उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।

विगत चार वर्षदेखि सदस्यको रूपमा कार्यरत रही घिमिरे गत चैत्र २८ गते उपाध्यक्षको पदमा निर्वाचित भएकी थिइन् । 

उनले भनेकी छन्, ‘राष्ट्रिय सभामा उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेपछि सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै म पार्टीका सबै जिम्मेवारीबाट अलग भएको ब्यहोरा जानकारी गराउन चाहन्छु । म राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानुनहरू र राष्ट्रिय सभा नियमावलीले निर्देशित कार्यहरू तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिज्ञा आम सञ्चारमार्फत सबैमा जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : २४ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६