विदेशी लगानी भित्र्याउने वातावरण बनाउन कानूनी सुधार हुँदैछ : मन्त्री शर्मा  « Khabarhub

विदेशी लगानी भित्र्याउने वातावरण बनाउन कानूनी सुधार हुँदैछ : मन्त्री शर्मा 


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा लगानी भित्राउनका लागि आवश्यक वातावरण बनाउन कानूनी सुधार भइरहेको बताएकी छन् ।

आइतबार सिंहदरबारमा विभिन्न देशका प्रतिनिधिहरूसँग अन्तर्राष्ट्रिय सञ्चार तथा सूचना प्रविधिको विषयमा छलफल गर्दै मन्त्री शर्माले वैशाख १६ र १७ गने हुने लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताका साथै स्वदेशी लगानीकर्तालाई समेत एकै ठाउँ राखेर छलफल गरिने भन्दै सहज रूपमा लगानी गर्न आवश्यक कानुनी सुधार भइरहेको बताएकी हुन्  ।

उनले सूचना प्रविधिको क्षेत्रमा लगानी भित्राउन र आफ्ना संस्थाहरूमार्फत नेपालमा लगानीको पहल गर्न आह्वान गर्दै सरकार लगानीका लागि सहजीकरण गर्न र विश्वासको वातावरण तयार गर्न प्रतिबद्ध रहेको धारणा राखिन् ।

प्रविधि र प्रणालीहरूको सुरक्षित र जबाफदेही प्रयोगका लागि आवश्यक कानूनहरु निर्माणलाई तीव्रता दिइएको उनले बताइन् । उनले स्वदेशमा प्रविधिमैत्री संरचना र दक्ष जनशक्ति व्यवस्था गर्न सके आर्थिक समृद्धि हासिल गर्न सहज हुने जिकिर गरिन् ।

आगामी वर्षको नीति तथा कार्यक्रमका साथै बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने उनको भनाइ छ । उनले मन्त्रालयले डिजिटल नेपालको फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यसको समसामयिक परिमार्जनको काम अघि बढाएको जानकारी पनि दिइन् ।

मन्त्री शर्माले नेपाल सरकारले सेवा प्रवाहमा सूचना प्रवाहमा प्रविधिलाई महत्वका साथ राख्दै आएको र सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोगमा बढोत्तरी भएको पनि बताइन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : २२ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको