वैदेशिक व्यापार घट्यो, साढे ११ खर्ब बढीको आयात हुँदा निर्यात सवा खर्ब कम « Khabarhub

वैदेशिक व्यापार घट्यो, साढे ११ खर्ब बढीको आयात हुँदा निर्यात सवा खर्ब कम


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो आर्थिक वर्ष (आव)को ९ महिना अवधिमा नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । भन्सार विभागले आइतबार प्रकाशित गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको ९ महिनाको अवधिको तुलनामा चालु आवको ९ महिनामा २.९२ प्रतिशतले नेपालको वैदेशिक व्यापार घट्न पुगेको देखिएको छ ।

चालु आवको ९ महिना अवधिमा नेपालले विश्वका विभिन्न देशहरुसँग १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन व्यापार अघिल्लो आवको सोही अवधिको तुलनामा २.९२ प्रतिशतले कम हो । नेपालले अघिल्लो आवको सोही अवधिमा विश्वका विभिन्न देशहरुसँग १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबरको व्यापार गरेको थियो ।

विभागको तथ्यांकअनुसार चालु आवको ९ महिना अवधिमा नेपालमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख ८ हजार मूल्य बराबरको विभिन्न वस्तु आयात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.८४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा नेपालमा १२ खर्ब १ अर्ब १५ करोड ८ लाख ९९ हजार बराबरको विभिन्न वस्तुहरूको आयात भएको थियो ।

त्यस्तै तथ्यांकले चालु आवको ९ महिना अवधिमा नेपालको निर्यातमा पनि अघिल्लो आवको तुलनामा घटेको देखाएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ९ महिनाको अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरका विभिन्न वस्तुहरू निर्यात भएको छ । 

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६६ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख बराबरका वस्तु निर्यात भएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : २२ बजे

आज २०८३ साल असार १४ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट