रफाहमा इजराइली आक्रमण, बालबालिकासहित १३ जनाको मृत्यु « Khabarhub

रफाहमा इजराइली आक्रमण, बालबालिकासहित १३ जनाको मृत्यु


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।

गाजाका २३ लाख जनसङ्ख्याको आधाभन्दा धेरैले शरण मागेको रफाहमा इजराइलले करिब दैनिक आक्रमण गरेको छ । अमेरिकासहित अन्तर्राष्ट्रिय स्तरले संयमता अपनाउन आग्रह गरे पनि इजराइलले इजिप्टको सिमानामा रहेको रफाहमा आफ्नो स्थल आक्रमण विस्तार गर्ने वाचा गरेको छ । 

कुवैती अस्पतालका अनुसार पहिलो आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूको तीन वर्षीय बालकको मृत्यु भएको छ । अस्पतालले महिला गर्भवती रहेको र चिकित्सकहरू बच्चालाई बचाउन सफल रहेको बताएको छ ।

अस्पतालको रेकर्डअनुसार दोस्रो आक्रमणमा एउटै परिवारका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको छ । अघिल्लो रात रफाहमा भएको हवाई आक्रमणमा छ बालबालिकासहित नौ जना मारिएका थिए । 

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार इजराइल–हमास युद्धमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने गाजाका दुई सबैभन्दा ठूला सहर ध्वस्त भएका छन् र सम्पूर्ण क्षेत्रमा विनाश भएको छ । करिब ८० प्रतशित जनसङ्ख्या आफ्नो घरबाट भागेर घेरिएको तटीय क्षेत्रका अन्य भागमा गएका छन् । विशेषज्ञहरूले ती क्षेत्र भोकमरीको सङ्घारमा रहेको बताएका छन् ।

सातौँ महिनामा चलिरहेको युद्धले क्षेत्रीय अशान्ति फैलाएको छ । यसबाट इजराइल र अमेरिका सम्पूर्ण मध्यपूर्वमा इरान र सम्बद्ध लडाकु समूहहरूविरुद्ध खडा भएका छन् । यसै महिनाको प्रारम्भमा इजराइलइरानबीच प्रत्यक्ष गोलीबारी हुँदा लामो समयदेखिको उनीहरूको शत्रुताले युद्धको डर बढाएको छ । 

इजराइलले कब्जा गरेको वेस्ट बैंकमा पनि तनाव बढेको छ । इजराइली सेनाका अनुसार सैनिकहरूले आइतबार बिहानै दक्षिणी वेस्ट बैंक सहर हेब्रोन नजिकै एक जाँच चौकीमा चक्कु र बन्दुकले आक्रमण गर्ने दुई प्यालेस्टिनीलाई ‘निष्क्रिय’ बनाएको बताएको छ । 

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएपछि वेस्ट बैंकमा इजराइली सैनिक र बसोबास गर्नेहरूबाट कम्तीमा चार सय ६९ प्यालेस्टिनी मारिएका छन् । अधिकांश मानिस इजराइली सैन्य गिरफ्तारी छापा मार्ने क्रममा मारिएका छन् । 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ३ : ४२ बजे

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी

देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा भएका विभिन्न विपदका घटनामा परी १

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन 

काठमाडौं– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण

अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण

बाजुरा– अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर

‘महिला सहभागिताबारे रास्वपा सचेत छ, चार नेताको छलफललाई अन्य रुपमा नबुझौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लीमा अधिकारीले नयाँ सरकार गठनका