इन्जिन मर्मतका लागि इजरायलमा रहेको निगमको न्यारोबडी जहाज सोमबार नेपाल ल्याइने « Khabarhub

इन्जिन मर्मतका लागि इजरायलमा रहेको निगमको न्यारोबडी जहाज सोमबार नेपाल ल्याइने


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको वायु सेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौं ल्याइने जानकारी दिएका छन् ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा मन्त्री तामाङले निगमका पदाधिकारीले सोमबार उक्त जहाज नेपाल ल्याइने जानकारी गराएको बताएका हुन् ।

आफू मन्त्रालयमा आएदेखि जहाज ग्राउन्डेड भएको विषयमा निरन्तर जानकारी लिएको उनले बताए । सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने तयारी भएको पनि उनले बताए ।

मन्त्री तामाङले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउनका लागि निरन्तर छलफल भइरहेको बताए ।

उनले यस वर्षको सगरमाथा दिवस आगामी जेठ १६ गते प्रधानमन्त्रीको आतिथ्यमा सगरमाथाको फेदीमा मनाउने जानकारी दिए ।

सगरमाथा दिवस मनाउनका लागि आवश्यक तयारी पनि सुरु गरिसकेको उनले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ४ : १४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा