इन्जिन मर्मतका लागि इजरायलमा रहेको निगमको न्यारोबडी जहाज सोमबार नेपाल ल्याइने « Khabarhub

इन्जिन मर्मतका लागि इजरायलमा रहेको निगमको न्यारोबडी जहाज सोमबार नेपाल ल्याइने


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको वायु सेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौं ल्याइने जानकारी दिएका छन् ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा मन्त्री तामाङले निगमका पदाधिकारीले सोमबार उक्त जहाज नेपाल ल्याइने जानकारी गराएको बताएका हुन् ।

आफू मन्त्रालयमा आएदेखि जहाज ग्राउन्डेड भएको विषयमा निरन्तर जानकारी लिएको उनले बताए । सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने तयारी भएको पनि उनले बताए ।

मन्त्री तामाङले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउनका लागि निरन्तर छलफल भइरहेको बताए ।

उनले यस वर्षको सगरमाथा दिवस आगामी जेठ १६ गते प्रधानमन्त्रीको आतिथ्यमा सगरमाथाको फेदीमा मनाउने जानकारी दिए ।

सगरमाथा दिवस मनाउनका लागि आवश्यक तयारी पनि सुरु गरिसकेको उनले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ४ : १४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति