विद्या भण्डारीलाई गणतन्त्र गौरव पदक, १५ बुँदे प्रस्ताव पारित गरिँदै « Khabarhub

विद्या भण्डारीलाई गणतन्त्र गौरव पदक, १५ बुँदे प्रस्ताव पारित गरिँदै


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले)ले गणतन्त्र गौरव पदकबाट पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई विशेष सम्मान गर्ने निर्णय लिएको छ।

पार्टीको हीरक जयन्ती महोत्सवका अवसरमा भण्डारीलाई सम्मान गर्न लागिएको हो।

यही शनिबार र आइतबार दुई दिनसम्म ललितपुरको गोदावरीमा भएको महाधिवेशन प्रतिनिधि परिषद् बैठकले १५ बुँदे प्रस्ताव पनि पारित गर्दैछ ।

बैठकले १५ बुँदे प्रस्ताव पारित गरेपछि प्रतिनिधि परिषद् सदस्यहरुको बैठक सकिने छ । यो बैठकले पार्टी शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली बिरामी भएपछि आइतबारको परिषद् बैठकको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उक्त प्रस्ताव राखेका थिए ।

बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गर्ने योजनाअनुसार पार्टीको हीरक जयन्तीका अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागिएको घोषणा गरे।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय स्वाभिमान रक्षाका लागि लिएको अडानको सम्मानका खातिर गणतन्त्र गौरव पदक दिन लागिएको पोखरेलले बताएका छन् ।

एमालेले यही सोमबार पार्टी स्थापनाको ७५ औँ वर्षदिवस मनाउँदै छ । त्यही दिन भण्डारीलाई उक्त सम्मान दिन लागिएको हो । गोदावरीमा सोमबार हुने विशेष समारोहमा भण्डारीलाई सम्मान गरिँदै छ ।

दुई दिने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रस्तावसहितका दस्तावेजमाथि विभिन्न ६ समूह बनाएर छलफल गरिएको थियो । ती समूहको छलफलबाट आएका निष्कर्ष समेटेर एमालेले १५ बुँदे प्रस्ताव पारित गर्दैछ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : १८ बजे

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै