रूससँग लडिरहेको युक्रेनलाई अमेरिकाले पौने नील दिने « Khabarhub

रूससँग लडिरहेको युक्रेनलाई अमेरिकाले पौने नील दिने


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रूससँग युद्धरत युक्रेनलाई ६१ अर्ब डलर (पौने नील रुपैयाँभन्दा बढी) सहायता उपलब्ध गराउने सरकारी प्रस्ताव अमेरिकाको तल्लो सदनले स्वीकृत गरेको छ ।

अमेरिकी सदन हाउस अफ रेप्रेजेन्टेटीभबाट स्वीकृत युक्रेन सहायता प्याकेजको राशी नेपाली रुपैयाँमा पौने नीलभन्दा बढी (करिब ८१ खर्ब १३ अर्ब) बराबर हो ।

सन् २०१४ मा क्रिमिया अतिक्रमण थालेयता युक्रेनले रूससँग युद्ध लडिरहेको छ । सन् २०२२ फेब्रुअरी २४ मा रूसले युक्रेन अतिक्रमण घोषणा गरेपछि यूरेसिया क्षेत्रका दुई मुलुक सघन युद्धमा छन् । युक्रेनलाई अमेरिकी खेमाका र रूसलाई सो खेमाको विपक्षमा रहेका मुलुकहरूले सघाइरहेका छन्।

युक्रेनलाई सहायता दिनेबारे अमेरिकी संसदमा विवाद चर्किएको थियो । उता युक्रेनले अमेरिका लगायत सहयोगी मुलुकहरूलाई तत्काल सहायता प्राप्त नभए रूसको आक्रमण थेग्न नसक्ने बताउँदै आएको थियो । चर्को विवाद र युक्रेनको तारन्तर याचनापछि अमेरिकी तल्लो सदनले ठूलो सहायता राशी प्रस्ताव स्वीकृत गरेको हो ।

अमेरिकाबाट प्राप्त गर्ने सहायता युक्रेनले हतियार र अन्य सैन्य बन्दोबस्तीका सामग्री खरिदमा खर्चनेछ । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी सहायता निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन्। ‘लोकतन्त्र र स्वतन्त्रताले विश्वमा सदैव महत्व राख्छ, अमेरिकाले सहायता गरुञ्जेल यो बचिरहनेछ,’ जेलेन्कीले भनेका छन् ।

रूसी सरकारका प्रवक्ता दमित्री पेस्कोभले भने अमेरिकाको युक्रेन सहायता प्याकेजको आलोचना गरेका छन्। उनले भनेका छन्, ‘यो सहायताले अमेरिकालाई थप धनी र युक्रेनलाई थप बर्बादीको बाटोमा लैजानेछ। यही सहयोगले युक्रेनका थप मानिसहरूलाई मृत्युको मुखमा धकेल्नेछ ।’

इजरालयलाई पनि ३५ खर्ब ११ अर्ब
अमेरिकाले युद्धमै रहेको अर्को मुलुक इजरायललाई पनि २६.४ अर्ब डलर (करिब ३५ खर्ब ११ अर्ब रुपैयाँ) सहायता प्रदान गरेको छ ।

इजरायलले प्यालेस्टाइनी राज्य क्षेत्र गाजापट्टीमा कट्टरपन्थी समूह हमासलाई निमिट्यान्न पार्न भन्दै नरसंहार शैलीमा आक्रमण गरिरहेको छ ।

पछिल्लो समय इरानसँग पनि प्रारम्भिक परम्परागत युद्ध अवस्थामा रहेको इजरायललाई पनि सहायता दिने प्रस्ताव अमेरिकी सदनले स्वीकृत गरेको हो । उक्त सहयोग इजरायललाई सैन्य सहायता दिन र गाजामा मानवीय सहायता उपलब्ध गराउन खर्च हुने अमेरिकी सरकारले जनाएको छ ।

इजरायलले २६.४ मिलियन डलर बराबरको सैन्य सहायता पाउँदा उसकै आक्रमणका कारण मानवीय संकट भोगिरहेका गाजापट्टीका प्यालेस्टाइनीले ९.१ अर्ब डलरको मानवीय सहायता प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : ५४ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार

आज २०८२ साल मंसिर १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन