भोजपुर गोल्डकप : आर्मीसँग जर्जियन फुटबल क्लब स्तब्ध « Khabarhub

भोजपुर गोल्डकप : आर्मीसँग जर्जियन फुटबल क्लब स्तब्ध


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर सदरमुकाममा आइतबार सुरु भएको सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी फुटवल क्लब विजयी भएको छ ।

आर्मीले जर्जियन फुटबल क्लबलाई ४-० गोलअन्तरले स्तब्ध बनाएको हो ।

खेल सुरु भएको सातौँ मिनेटमा आर्मीका वसन्त जिम्बाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

यस्तै खेलको ३४ औँ मिनेटमा सुरज बस्नेतले दोस्रो गोल गरे । यस्तै खेलको ५३ औँ मिनेटमा नरेन्द्र राईले गोल गरे ।

खेलको ७५ औँ मिनेटमा पदम तामाङले गोल गर्दै टिमलाई फराकिलो जित दिलाउन सफल भए।

खेलमा म्यानअफ द म्याच वसन्त जिम्बा घोषित भएका छन् ।

नवनिर्मित भोजपुर रंगशालामा सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका २ क्लबसहित आठ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेता र उपविजेताले उपाधि र ट्रफीसहित ५ लाख र ३ लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ७ : १८ बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा