वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट | Khabarhub Khabarhub

वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका¬–३ मा आगलागी हुँदा एकको मृत्यु भएको छ । ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ । तीनवटा घर जलेर नष्ट भएका छन् ।

आज दिउँसो पौने २ बजेतिर ढारपाखा सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको हो । ७० वर्षीया कामीको घरबाट सामान निकाल्ने क्रममा आगोले जलेर मृत्यु भएको वडाअध्यक्ष तिलवीर केसीले राससलाई जानकारी दिए।

उहाँका अनुसार विक र सार्कीको एक¬–एकतले घर र कामीको दुईतले खरले छाएको घर जलेर नष्ट भएका छन् । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर नष्ट भएको वडाअध्यक्ष केसीले जानकारी दिए।

ढारपाखा सामुदायिक वनबाट सुरु भएको आगो अहिले भित्रीखोला सामुदायिक वन, साईकुमारी सामुदायिक वनमा फैलिएको छ । स्थानीय वन समूह, इलाका प्रहरी कार्यालय बाँफिकोट र जनप्रतिनिधिको समूहले वनमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको वडाअध्यक्ष केसीले जानकारी दिए।

आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण सङ्कलन हुने उहाँले जानकारी दिए। आगलागीका कारण भने खुलेको छैन । दिन प्रतिदिन रुकुम पश्चिममा आगलागीका घटना बढ्दै गएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ८ : १४ बजे

सहकारी प्रकरणमा सहमति खोज्न फेरि बालुवाटार पुगे कांग्रेस नेता

काठमाडौं- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेशमा सहमति

कतारको आशंका- रफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पुर्‍याउन सक्छ

काठमाडौं– इजरायलले गाजाको दक्षिणी शहर रफाहनजिकै गरेको पछिल्लो आक्रमणले युद्धविराम वार्तामा

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ सुरु

काठमाडौं– संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिभल

७३ वर्षकी ‘कालीआमा’को ‘स्टारडम’ र ‘पुकु’सँगको प्रेम (भिडियो अन्तर्वार्ता)

काठमाडौं– पछिल्लो समय दर्शकले रुचाएको टेलिसिरियल हो– ‘हल्का रमाइलो’ ।

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

काठमाडौं– काठमाडौँको बसुन्धारा र कपनबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा