सगरमाथाको फेदीमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै « Khabarhub

सगरमाथाको फेदीमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस सर्वोच्च शिखर सगरमाथाको फेदीमा मनाउने भएको छ । आगामी जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथा क्षेत्रमै मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री हितबहादुर तामाङले जानकारी दिए ।

मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले यो वर्ष सगरमाथाको फेदीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको बताए । पर्यटनमन्त्री तामाङले भने, “हामीले यो पटक प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सगरमाथाकै फेदीमा गएर अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने सोच अनुरुप आवश्यक तयारीमा जुटिरहेका छौँ ।”

यद्यपि, सगरमाथाको कुन क्षेत्रमा दिवसको कार्यक्रम गरिने भन्ने अहिले यकिन भइनसकेको मन्त्रालयले जनाएको छ । दिवसलाई भव्य रुपमा सफल पार्न पर्यटनमन्त्री तामाङको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ ।

उक्त समितिमा सातै प्रदेशका पर्यटनमन्त्री र सचिव रहेका छन् । समितिको पहिलो बैठकले दिवसको तयारीबारे प्रारम्भिक छलफल गरेको मन्त्री तामाङले जानकारी दिनुभयो । दिवस तयारी उपसमितिले काम गरिरहेको छ ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालका अनुसार सगरमाथाको आधार शिविरमा सगरमाथा दिवस मनाउने गरी छलफल भइरहेको बताए । उनले भने , “अन्तर्राष्ट्रिय सगरमाथा दिवस यसपटक सगरमाथाको आधार शिविरमा मनाउनेकि भन्ने छलफल भइरहेको छ, बढी खर्चिलो हुने हुनाले आधार शिविरमै हुन्छ की अन्यत्रै भन्ने यकिन टुङ्गो लागेको छैन ।”

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७१ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । सन् १९५३ मे २९ तारिखका दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनसँग आबद्ध संस्थाहरुको समन्वयमा कार्यक्रम गरिनेछ । पर्यटन विभागको तथ्याङ्कअनुसार अहिलेसम्म आठ हजार हाराहारीले सगरमाथा आरोहण गरिसकेका छन् । विश्वका १४ अग्ला हिमालमध्ये विश्वको सर्वोच्च हिमाल सगरमाथासहित आठ वटा हिमाल नेपालमा रहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : ५४ बजे

तिङ्लाको सुक्खा पहिरोको अध्ययन गर्न भूगर्भविद्को टोली खटिए

सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा हिउँदमा गएको सुक्खा पहिरोको अध्ययन गर्न

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्य रूपमा मनाउन आह्वान

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साझा प्रतिबद्धता

मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले मानव बेचबिखन तथा शरीर बन्धक

मुख्यसचिव अर्याल भन्छन्ः संविधानको मर्मअनुरुप तीन तहका सरकारबीच समन्वय हुनुपर्छ

काठमाडौं – नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले संविधानको मर्म र

सरकारले निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउनुपर्छः अध्यक्ष यादव

रोतहट – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले