इरानका राष्ट्रपति रायसीको अन्तिम संस्कार तेहरानमा हुने « Khabarhub

इरानका राष्ट्रपति रायसीको अन्तिम संस्कार तेहरानमा हुने


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला इरान राष्ट्रपति गुमाएको पाँच दिने राष्ट्रिय शोकमा छ। आइतबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनमा त्यहाँ राष्ट्रिय शोक घोषणा भएको हो।

हेलिकोप्टरमा दुर्घटनामा निधन भएका राष्ट्रपतिसहित ९ जनाको तेहरानमा अन्तिम संस्कार हुने त्यहाँको सरकारी मिडियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लेखेका छन्। मुस्लिम परम्परा अनुसार उनीहरुको अन्तिम संकार हुनेछ।

हेलिकप्टर दुर्घटनामा निधन भएका सबै जनाको शव मंगलबार तबरेन्जबाट तेहरान ल्याउने अन्तिम तयारी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबरमा उल्लेख गरेका छन्।

तस्बिर : राेयटर्स

तेहरान ल्याएपछि राष्ट्रपतिसहित सबै शव श्रद्धान्जलीको लागि राखेर अन्तिम संस्कार गरिनेछ। सोमबार नै राष्ट्रपति रायसीको अन्तिम संस्कारको लागि कार्यकारी उपराष्ट्रपतिको नेतृत्वको मन्त्रिपरिषद्ले पाँच दिने राष्ट्रिय शोकको घोषणा गरेको हो।

राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बरलाई अन्तरिम कार्यभार हस्तान्तरण गरेका हुन्।

खामेनीले संविधानको धारा १३१ बमोजिम मोख्बरलाई यो जिम्मेवारी दिइएको बताए। मोहम्मद मोख्बरले ५० दिनभित्र राष्ट्रपति चुनावको तयारीका लागि न्यायिक प्रमुखसँग काम गर्नुपर्नेछ।

संविधानअनुसार इरानमा ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनुपर्नेछ। तर यसका लागि सर्वोच्च नेता खामेनीको स्वीकृतिको आवश्यकता हुन्छ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ६ : ०२ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ