जसपा नेपाल फुटविरुद्ध रिटको पेसी आज | Khabarhub Khabarhub

जसपा नेपाल फुटविरुद्ध रिटको पेसी आज


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटविरुद्ध सर्वोच्चमा दायर रिटको पेसी आजका लागि तोकिएको छ ।

यसअघि जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले उक्त रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

शर्माको इजलासले जसपा फुटपछि नयाँ दल दर्ता भएको सम्बन्धमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै जेठ ८ गते छलफलका लागि बोलाएको थियो ।

अध्यक्ष यादवले जसपा नेपाल विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएकोविरूद्ध वैशाख ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

यस्तै, जनता समाजवादी पार्टीमा समाहित भएका सात सांसदहरुलाई पनि विपक्षी बनाइएको छ ।

गत वैशाख २३ गते जसपा नेपालबाट फुटेर राई पक्षले पार्टी विभाजन गरेपछि निर्वाचन आयोगले वैशाख २४ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ७ : ५९ बजे

राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको

उपसभामुखको जवाफ : सेवाभावले पत्र लेखेँ, अमेरिकासँग भिसा मागेको होइन

काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले कसैलाई पनि भिसा दिलाउन भन्दै

सुजाताको समर्थनपछि शेखर भन्छन्- एकताबद्ध भएर अघि बढ्छौँ 

काठमाडौं– नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवशेनमा शेखर

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण

जब काठमाडौं आइरहेको यात्रु बसमाथि पहिरो खस्यो…

काठमाडौं- बझाङबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेको एउटा बस ठूलो दुर्घटनाबाट