चर्चामा विश्वका सुन्दर एयरपोर्ट | Khabarhub Khabarhub

चर्चामा विश्वका सुन्दर एयरपोर्ट


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

यात्रा धेरैको सोख हुनसक्छ। धेरैलाई यसमा रमाइलो लाग्छ। घुम्न सौखिनका लागि संसारको कुन एयरपोर्ट कस्तो भन्ने जानकारी राख्न लायक विषय हो। संसारका सबै एयरपोर्ट उस्तै हुँदैनन्। बनावट र सुन्दरताको आधारमा मात्र होइन ती एयरपोर्ट रहेका स्थानको प्राकृतिक वातावरणले पनि तिनीहरूलाई फरक बनाएको हुन्छ।

यी सबै आधारमा संसारको सबै भन्दा मनोरम एयरपोर्ट ‘रियो द जेनरियो’लाई मानिएको छ। मालदिभ्स सानो देश हो। तर, त्यहीँको माले एयरपोर्टलाई संसारको सबै भन्दा राम्रो एयरपोर्ट ठान्नेको कमी छैन। इटालीको भेनस सहरको एयरपोर्ट या केप टाउनको एयरपोर्ट होस्। भ्रमणका पारखीका लागि मन पर्ने एयरपोर्ट हुन्।

पहाडी भूभाग, उर्वर जमिन र आन्ध्र महासागरको छेउमा रहेको रियो दे जेनरियोलाई संसारकै सुन्दर एयरपोर्टको सूचीमा राख्ने गरिन्छ।

पहाडी भूभाग, उर्वर जमिन र आन्ध्र महासागरको छेउमा रहेको रियो दे जेनरियोलाई संसारकै सुन्दर एयरपोर्टको सूचीमा राख्ने गरिन्छ। सान्टोस डुमोन्ट सिटी सेन्टरको ठिक बाहिर अन्तर्राष्ट्रिय विमानस्थल छ। त्यहाँ विमान अवतरण भइसकेपछि नजिकै रहेको अर्को घरेलु विमानस्थलबाट मानिस तत्कालै सहरका विभिन्न भागमा पुग्न सक्छन्।

त्यो विमानस्थल सिटी सेन्टरसँगै मात्र छैन, ग्वानाबरा खाडीसँगै छ। जहाँबाट मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ। मालदिभ्समा जानका लागि मालेको भालेरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत जाने गरिन्छ। यो विमानस्थल हुलुहुले टापुमा छ।

सन् १०६० मा विमानस्थल निर्माण हुँदा यसको रन वे स्टिल स्लटमार्फत बनेको थियो। अहिलेको यसको सतह अलकत्रे छ। त्यहाँ पुगेपछि हिन्द महासागरको मनोरम दृश्य देख्न सकिन्छ।

आकाशबाट हेर्दा भेनस सहरको स्वरूप नै एउटा माछाको जस्तो छ। पुछ्छर आड्रियाटिक समुद्रतर्फ फैलाएर शरीरलाई सहरतिर फैलाए झैँ यो देख्न सकिन्छ। यो सहरमा प्रवेश गर्न मूल सहरको उत्तरमा रहेको मार्कोपोलो अन्तर्राष्ट्रिय विमानस्थलबाट जानसक्छौ। विमानको दायाँ पट्टीको सिटमा बस्ने हो भने धेरै मनोरम दृश्य देख्न सकिन्छ। समुद्रमा छालहरू उठी रहेको छ। क्ले जमिन झैँ देखिने मिलेका घरका छाना छन्। बेल्ट टावरका साथमा चम्किरहेका ग्रान्ड नहरको दृश्य र भेनसको सुन्दरता साँच्चै मन लोभ्याउने छ।

विमान जमिनमा झर्ने अन्तिम केही सेकेन्डमा बुरानो र टोसैलो टापु देख्न सकिन्छ। यसको सुन्दरताको बयान धेरैले गर्छन्।

आन्ध्र र हिन्द महासगरको बिचमा उठेको पहाड सहितको केप टाउन सहर धेरै कुरामा रियो द जेनरियोसँग मिल्ने गर्छ। त्यहाँबाट आफूलाई दायाँ राखेर हेर्ने हो भने बादलमाथि हुँदै टेबल जस्तो आकृतिमा रहेका पहाड पार गर्नुपर्ने हुन्छ। यो केप प्रायद्वीपको छेउमा नै छ। त्यहाँबाट उठेको समयमा पानीको दृश्य दुवैतर्फ देख्न सकिन्छ।

कोस्टलाइन पहाडको समन्वयको कारण सन् फ्रान्सीस्को यात्रा केप टाउन र रियोको जस्तै नै हुनसक्छ। विमान अवतरण गर्ने समयमा सहर र गोल्डेन गेट पुल देख्न सकिन्छ। दायाँतर्फ रहेको खाडी समेत देख्न सकिन्छ।

जेनोआ विमानस्थल प्रवेशको शैली भने फरक छ। लीथुरियन समुद्रको प्रायद्वीपमै यो विमानस्थलको रन वे छ। विमानमा यात्रा गर्दा एकातर्फ बस्दा समुद्रको दृश्य देख्न सकिन्छ भने अर्कोतर्फ सहरको सुन्दरता देख्न पाइन्छ।

पछाडि पहाड रहेको जेनोआ साँझको सामयमा त अझ बढी रङ्गिन र आकर्षक हुने गरेको छ। त्यहाँ अवतरण हुने समयसम्म पनि पानीमै अवतरण भएको भान हुन्छ। त्यहीबाट सुन्दर सडकमा हाम्रो यात्रा सुरु हुनसक्छ।

लन्डन सिटी सेन्टरको बाहिरी भागमा हेथ्र विमानस्थल छ। त्यहाँबाट पूर्वी तर्फको यात्रा गर्ने हो। हामीले लन्डन सहरलाई चराको आँखाको रूपमा देख्न सक्छौं। लन्डनको केन्द्र पार हुँदै विमान थेम्स नदीको माथिबाट उड्ने गर्छ। यसले ग्रिनबिच र केनरी वार्फलाई त्यसपछि पारगर्छ। लन्डन बिज्र र सेन्ट पाउल हुँदै बकिङघम दरकारको साथमा नजिकै रहेको रोयल पार्कको दृश्य साँच्चै मनोरम देखिने गरेका छन्। विमानस्थल प्रवेशकै नजिक वेम्बली रङ्गशाला छ। विन्डसोर पनि त्यत्तिकै मनोरम छ।

रुवान्डाको किगाली सहर आकाशबाट हेर्दा साँच्चै राम्रो छ। जातान्त्रिक गणतन्त्र कङ्गो पार गरेर रुवान्डा पुग्ने समयमा साँच्चै त्यहाँको पहाडहरू जमिनतर्फ लर्की रहे झैँ देखिन्छन्। सहर पहाडले घेरिएको छ। रुवान्डा र कङ्गोको सीमाको रूपमै रहेको किभु ताल पनि त्यहीँबाट देख्न सकिन्छ।

जेनोआ तटमा रहेको एयरपोर्ट भए झैँ नाइसको विमानस्थल त झन् पानसमाथि नै बनाइए झैँ हो। रन वे सडकको छ। फेरि सँगै पानी छ। उडे पछि मोनाकोको सुन्दर दृश्य एयरपोर्ट बाट देख्न सकिन्छ।

साओ पावलो।

संसारकै पोर्तुगीज भाषा बोलिने सबै भन्दा ठुलो सहर साओ पावलो हो। एक करोड २३ लाख जनसङ्ख्या भएको यो सहरको जमिनमा रहँदा त्यत्ति खसी हुन सहज छैन। तथापि आकाशको कुरा भने फरक छ। तलको गाउँमाथि बादलको छेउबाट हेर्दा साँच्चै राम्रो देखिन्छ।

अस्ट्रियाको इन्सब्रम विमानस्थलबाट उडान भर्दा पनि धेरै पहाडी दृश्य देख्न सकिन्छ। तर मन कमजोर हुने डराउन पनि सक्ने छन्। जाडोको समयमा धेरै पहाडमा हिउँ परेको दृश्य पनि देख्न सकिन्छ।

न्युजील्यान्डको किङ्सटाउनलाई पनि त्यत्तिकै सुन्दर एयरपोर्टको रूपमा चित्रण गरिन्छ। विमानबाट दक्षिणी भागमा राम्रा दृश्य देख्न सकिन्छ। उत्तरतर्फबाट हेर्दा दक्षिणीतर्फको टापु र दक्षिण टापुको दृश्य साँच्चै राम्रो छ।

साउथ चाइना सिको सेरोफेरोमा रहेको हङकङ अन्तर्राष्ट्रिय विमानस्थल अर्को राम्रो र मनोरम विमानस्थलको रूपमा हेरिन्छ। यसबाट साउथ चाइना सिको दृश्य राम्रोसँग देख्न सकिन्छ। हिउँ परेको पहाड हेर्दै यात्रा रुचाउनेका लागि स्यान्टीयागोको विमानस्थल विशेष नै हो।

लास भेगासमा जाँदा साँच्चै सुन्दर मनोरम दृश्य देख्न सकिन्छ। सहरको झिलिमिली र यसलाई घेर्ने मोजाह मरुभूमि जस्तै सुन्दर छन्।

मेडताल र ह्याभोर ड्यामको माथिबाट यात्रा गर्दा अर्कै रमाइलो हुन्छ। विमान अवतरण गर्ने समयमा स्यान्ड स्टोनको थुप्रोले त्यत्तिकै आकर्षित गर्छ। संसारका अन्य धेरै एयरपोर्ट र हवाई यात्रा पनि मनमोहक हुनसक्छ। स्रोत : सिएनएन

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ८ : १५ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि