रविबारे छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने « Khabarhub

रविबारे छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर छानबिन समिति नबनेसम्म संघीय संसद् बैठक चल्न नदिने अडान लिएको छ।

सहकारीको रकम अपचलन प्रकरणबारे बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेश तय गर्न बनेको कार्यदलको बैठकमा कांग्रेस सह-महामन्त्री जीवन परियारले उक्त अडान राखेका हु्न् ।

‘सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद् अघि बढ्न सक्दैन’, उनले भने, ‘जुन व्यक्तिका बारेमा प्रतिपक्षी दलले सहकारीको बचत अपचलन भयो भनेर प्रश्न उठाएका छौँ, त्यसको छानबिन हुनुपर्छ । छानबिन नभए निष्कर्ष आउँदैन भनेका छौँ ।’

परियारले छानबिन समिति नबनेसम्म संसद्‍ चल्न नदिने अडान राखेकाले सहमितका लागि सत्ता पक्षलाई अर्को प्रस्ताव लिएर आउन भनिएको पनि बताए ।

‘मध्यमार्गी बाटो खोज्ने गरी सत्ता पक्षले प्रस्ताव ल्याउने भनेकोछ । सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेको नामको विषयमा लचिलो बन्ने कुरै छैन । जसकोबारेमा छानबिनको कुरा उठाएका छौँ, त्यसमा कुरा हुनुपर्छ । उनीमाथि छानबिन हुनुपर्छ, यही दिशामा सहमति भए संसद् पनि खुल्छ ।’

उनले आफूहरूले रविलाई दोषी नभनेको पनि जवाफ दिए । ‘छानबिन के गर्ने भन्ने कुरा पनि भएको छ । दोषी भनेका छौँ भन्ने कुरा आयो, दोषी भए त किन छानबिन चाहियो ? सार्वजनिक पदमा बहाल व्यक्तिमाथि आरोप लागिसकेपछि छानबिन हुनुपर्छ’, उनले भने ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १२ : ०७ बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा