रविबारे छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने « Khabarhub

रविबारे छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर छानबिन समिति नबनेसम्म संघीय संसद् बैठक चल्न नदिने अडान लिएको छ।

सहकारीको रकम अपचलन प्रकरणबारे बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेश तय गर्न बनेको कार्यदलको बैठकमा कांग्रेस सह-महामन्त्री जीवन परियारले उक्त अडान राखेका हु्न् ।

‘सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद् अघि बढ्न सक्दैन’, उनले भने, ‘जुन व्यक्तिका बारेमा प्रतिपक्षी दलले सहकारीको बचत अपचलन भयो भनेर प्रश्न उठाएका छौँ, त्यसको छानबिन हुनुपर्छ । छानबिन नभए निष्कर्ष आउँदैन भनेका छौँ ।’

परियारले छानबिन समिति नबनेसम्म संसद्‍ चल्न नदिने अडान राखेकाले सहमितका लागि सत्ता पक्षलाई अर्को प्रस्ताव लिएर आउन भनिएको पनि बताए ।

‘मध्यमार्गी बाटो खोज्ने गरी सत्ता पक्षले प्रस्ताव ल्याउने भनेकोछ । सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेको नामको विषयमा लचिलो बन्ने कुरै छैन । जसकोबारेमा छानबिनको कुरा उठाएका छौँ, त्यसमा कुरा हुनुपर्छ । उनीमाथि छानबिन हुनुपर्छ, यही दिशामा सहमति भए संसद् पनि खुल्छ ।’

उनले आफूहरूले रविलाई दोषी नभनेको पनि जवाफ दिए । ‘छानबिन के गर्ने भन्ने कुरा पनि भएको छ । दोषी भनेका छौँ भन्ने कुरा आयो, दोषी भए त किन छानबिन चाहियो ? सार्वजनिक पदमा बहाल व्यक्तिमाथि आरोप लागिसकेपछि छानबिन हुनुपर्छ’, उनले भने ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १२ : ०७ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो