कुल गार्हस्थ्य उत्पादनको ४२ प्रतिशत नाघ्यो सार्वजनिक ऋण « Khabarhub

कुल गार्हस्थ्य उत्पादनको ४२ प्रतिशत नाघ्यो सार्वजनिक ऋण

१० महिनामा ९८ अर्ब बढी ऋण थप्यो सरकारले


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष(आव)को १० महिनामा सरकारले ९८ अर्ब बढी सार्वजनिक ऋण थप गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको १० महिनामा सरकारले ९८ अर्ब ८ करोड सार्वजनिक ऋण थप गरेको हो ।

कार्यालयकाअनुसार चालु आर्थिक वर्षको शुरुमा अर्थात् गएको असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब सार्वजनिक ऋण रहेकोमा १० महिनामा ९२ अर्ब ८ करोड थप भएर २३ खर्ब ९७ अर्ब पुगेको छ । कार्यालयका अनुसार सो ऋणको परिमाण नेपालको कुल गार्हस्थ्य उत्पादनको ४२.०२ प्रतिशत हो ।

कार्यालयकाअनुसार वैशाख मसान्तसम्म सरकारको आन्तरिक ऋण दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड ४ लाख रहेको छ । त्यस्तै, बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड १२ लाख पुगेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख मसान्तसम्म भने २ खर्ब ६४ अर्ब मात्रै ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ ।

कार्यालयकाअनुसार सरकारले वार्षिक लक्ष्यअनुसार आन्तरिकतर्फ ४९ अर्ब र बाह्यतर्फ १ खर्ब ३९ अर्ब ११ करोड ६४ लाख ऋण अझै प्राप्त गर्न बाँकी रहेको छ ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षको १० महिनामा सावाँ ब्याज सहित सवा दुई खर्ब बढी ऋण भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार सो अवधिमा सरकारले सावाँ ब्याज सहित २ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ ऋण भुक्तानी गरेको हो ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १२ : १३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्