गण्डकी सरकारविरुद्धको मुद्धा न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा | Khabarhub Khabarhub

गण्डकी सरकारविरुद्धको मुद्धा न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।

यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानले सो रिटमा प्रारम्भिक सुनाइ गर्दै अर्को सुनुवाइ नभएसम्म दीर्घकालीन असर गर्ने कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा वैधानिकताको प्रश्न उठाउँदै वैशाख २५ गते रिट दायर गरेका थिए ।

पाण्डेले विश्वासको मत लिने क्रममा सभामुखको दुरुपयोग हुनुका साथै कूल ६० सदस्यीय प्रदेशसभामा ३० जनालाई बहुमत सिद्ध गरिएको उल्लेख गरेका छन् ।

सर्वोच्चले विश्वासको मत असंवैधानिक ठहर गरेमा अधिकारी पदबाट मुक्त हुनेछन् ।

 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १२ : १६ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका