कांग्रेसलाई पेलेरै अघि बढ्यो सत्ता पक्ष, विरोधबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित « Khabarhub

कांग्रेसलाई पेलेरै अघि बढ्यो सत्ता पक्ष, विरोधबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाको मंगलबारको बैठकले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

गत जेठ १ गते नै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्‍का दुवै सदनमा वाचन गरेका थिए । तर त्यसबेला कांग्रेसको अवरोध र नाराबाजीका कारण संसद्ले राष्ट्रपतिलाई धन्यवाद दिन पाएको थिएन ।

तर निरन्तर अवरोध गरिरहेको कांग्रेसलाई पेलेरै जाने रणनीतिमा देखिएको सत्ता पक्षले मंगलबार राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गराएको हो ।

यसअघि सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव पास नभएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

मंगलबार कांग्रेसको अवरोधबीच प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम टेबल गरेलगत्तै सभामुख घिमिरेले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत गरेर पास पनि गराएका हुन्।

सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरिरहेको छ ।

नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गर्न दिने कांग्रेसको अडानले संसद्‍बा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबल भएको थिएन । तर अब सत्ता पक्ष कांग्रेसलाई पेलेरै जाने नीति बनाएपछि नीति तथा कार्यक्रम टेबलसँगै राष्ट्रपतिलाई धन्यवाद पनि पारित भएको हो ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १ : १२ बजे

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी