कांग्रेसलाई पेलेरै अघि बढ्यो सत्ता पक्ष, विरोधबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित « Khabarhub

कांग्रेसलाई पेलेरै अघि बढ्यो सत्ता पक्ष, विरोधबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाको मंगलबारको बैठकले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

गत जेठ १ गते नै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्‍का दुवै सदनमा वाचन गरेका थिए । तर त्यसबेला कांग्रेसको अवरोध र नाराबाजीका कारण संसद्ले राष्ट्रपतिलाई धन्यवाद दिन पाएको थिएन ।

तर निरन्तर अवरोध गरिरहेको कांग्रेसलाई पेलेरै जाने रणनीतिमा देखिएको सत्ता पक्षले मंगलबार राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गराएको हो ।

यसअघि सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव पास नभएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

मंगलबार कांग्रेसको अवरोधबीच प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम टेबल गरेलगत्तै सभामुख घिमिरेले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत गरेर पास पनि गराएका हुन्।

सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरिरहेको छ ।

नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गर्न दिने कांग्रेसको अडानले संसद्‍बा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबल भएको थिएन । तर अब सत्ता पक्ष कांग्रेसलाई पेलेरै जाने नीति बनाएपछि नीति तथा कार्यक्रम टेबलसँगै राष्ट्रपतिलाई धन्यवाद पनि पारित भएको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १ : १२ बजे

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा