कांग्रेसलाई पेलेरै अघि बढ्यो सत्ता पक्ष, विरोधबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित | Khabarhub Khabarhub

कांग्रेसलाई पेलेरै अघि बढ्यो सत्ता पक्ष, विरोधबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाको मंगलबारको बैठकले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

गत जेठ १ गते नै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्‍का दुवै सदनमा वाचन गरेका थिए । तर त्यसबेला कांग्रेसको अवरोध र नाराबाजीका कारण संसद्ले राष्ट्रपतिलाई धन्यवाद दिन पाएको थिएन ।

तर निरन्तर अवरोध गरिरहेको कांग्रेसलाई पेलेरै जाने रणनीतिमा देखिएको सत्ता पक्षले मंगलबार राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गराएको हो ।

यसअघि सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव पास नभएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

मंगलबार कांग्रेसको अवरोधबीच प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम टेबल गरेलगत्तै सभामुख घिमिरेले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत गरेर पास पनि गराएका हुन्।

सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरिरहेको छ ।

नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गर्न दिने कांग्रेसको अडानले संसद्‍बा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबल भएको थिएन । तर अब सत्ता पक्ष कांग्रेसलाई पेलेरै जाने नीति बनाएपछि नीति तथा कार्यक्रम टेबलसँगै राष्ट्रपतिलाई धन्यवाद पनि पारित भएको हो ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १ : १२ बजे

मन्त्रीहरूलाई महरको सुझाव- खादा र माला धेरै भयो, अब जनतालाई राहत चाहियो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले नवगठित सरकारका मन्त्रीहरूलाई सिंहदरबारमा

धनकुटामा बस र ट्याङ्कर ठोक्किदा १२ जना घाइते

धनकुटा– धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किदा  १२

भारतीय प्रधानमन्त्री मोदी भन्छन्- छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा छ 

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग अमेरिकी राजदुत डीन आर