सरकारलाई कांग्रेसको चुनौती : धनराज र गगनको नामै तोकेर छानबिन समिति बनाए हुन्छ « Khabarhub

सरकारलाई कांग्रेसको चुनौती : धनराज र गगनको नामै तोकेर छानबिन समिति बनाए हुन्छ


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाको नामै उल्लेख गरेर छानबिन समिति बनाउँदा कुनै आपत्ति नहुने जनाएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा सत्तापक्ष उत्रिइरहँदा कांग्रेसले यस्तो उल्लेख गरेको हो ।

प्रतिनिधि सभा बैठकमा मंगलबार कांग्रेस सह-महामन्त्री बद्री पाण्डेले गृहमन्त्री लामिछानेले आइतबारको बैठकमा उपसभापति गुरुङ र महामन्त्री थापामाथि गम्भीर लाञ्छना लगाएको भन्दै नामै किटेर छानबिन समिति बनाउन सरकारलाई चुनौती दिएका हुन् ।

‘हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि जसरी उहाँले लाल्छना लगाउनुभएको छ, म सरकार र गृहमन्त्रीलाई चुनौती दिन चाहन्छु। के कस्तो खालको टीओआर बनाउनु पर्ने हो बनाउनुस्,’ उनले भने, ‘हाम्रा उपसभापति र महामन्त्रीको नामै किटेर टीओआरमा लेख्नुपर्ने हो कि व्यक्तिको लेख्नु पर्ने हो कि कांग्रेसको लेख्नु पर्ने हो, लेख्नुस्। छानबिनको समय पनि तोक्नुस् ।’

पाण्डे छानबिनमा उपसभापति गुरुङ र महामन्त्री थापा दोषी देखिए सरकारले कांग्रेसका जुनसुकै नेतामाथि पनि कारबाही गर्न सक्नेसमेत बताए ।

‘छानबिनको निष्कर्ष, निचोडमा हाम्रो उपसभापति र महामन्त्री दोषी हुनुभयो भने उपसभापति र महामन्त्री त के कांग्रेसका को कोलाई कारबाही गर्नुहुन्छ, गर्नुस्,’ पाण्डेले भने, ‘यो मेरोमात्रै नभएर कांग्रेसको संस्थागत निर्णय हो । हिजो बसेको संसदीय दलकोे निर्णय हो ।’

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १ : २१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका