चालु आर्थिक वर्षमा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान « Khabarhub

चालु आर्थिक वर्षमा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । 

गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तर्राष्ट्रिय मुद्रा कोषको ५.७ प्रतिशत र विश्व बैंकको ५.६ प्रतिशतको पूर्वानुमानसँग नजिकको तथ्यांक रहेको रिपोर्ट सार्वजनिक  गरेको छ ।

यसैबीच, चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकमा आधारित अनुमानअनुसार प्रतिव्यक्ति आयको पूर्वानुमान अघिल्लो वर्षको दुई हजार सात सय ४९ डलरबाट  बढेर चालु आर्थिक वर्षमा दुई हजार सात सय ८४ डलर पुगेको छ ।

हालको मूल्यमा बङ्लादेशको जीडीपी चार सय ५९ अर्ब डलर रहेको छ, जुन अघिल्लो आर्थिक वर्षमा चार सय ५२ अर्ब डलर थियो । 

तथ्यांकले कृषि र उद्योगमा कमी देखाएको भने सेवामा थोरै वृद्धि भएको देखाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १ : २७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर