पदबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने « Khabarhub

पदबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने

श्रेणीविहीन कर्मचारीको तलब कम्तीमा ४५ हजार बनाउनुपर्ने माग


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम् पदबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने माग अघि सारेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै तह, श्रेणी र पदका कर्मचारीहरूलाई देशको आर्थिक अवस्था, सामाजिक परिवेश, बढ्दो महँगीका आधारमा तलब तथा सेवा सुविधाको व्यवस्था गरिनुपर्ने माग राखेको हो ।

पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अर्थमन्त्रीलाई भेटेर आफूहरूले मागहरू पेश गरेको जानकारी दिए ।

अध्यक्ष पोखरेलले यस पटक आफूहरूले श्रेणीविहीन कर्मचारीको तलब कम्तीमा पनि ४५ हजार बनाउनुपर्ने माग राखेको धारणा राखे । सोही आधारमा अन्य कर्मचारीको पनि तलब बढ्नुपर्ने उनले बताए ।

समान पदमा रहेको सुरक्षा निकायमा काम गर्ने कर्मचारीभन्दा निजामती कर्मचारीको मर्यादाक्रम अगाडि रहेको बताउँदै उनले सुरक्षा निकायका कर्मचारीको र निजामती कर्मचारीको तलबमा विभेद रहेका गुनासो गरे ।

साथै, निजामती कर्मचारी अस्पतालमा बहालवाला कर्मचारीहरुले शतप्रतिशत छुटमा उपचार गराउन पाउनुपर्ने युनियनको माग छ ।

आर्मी, प्रहरीको अस्पतालमा सो सुविधा रहेको बताउँदै अध्यक्ष पोखरेलले चेकजाँचदेखि अप्रेसनसम्मका सबै सुविधाहरु निःशुल्क हुनुपर्ने बताए ।

सरकार निजामती कर्मचारीको ग्रेड वृद्धिको विषयमा पनि खुकुलो हुनुपर्ने अध्यक्ष पोखरेलको माग छ ।

अध्यक्ष पोखरेलले आफूहरूको माग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सम्बोधन हुनुपर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  २ : ३६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस