पदबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने « Khabarhub

पदबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने

श्रेणीविहीन कर्मचारीको तलब कम्तीमा ४५ हजार बनाउनुपर्ने माग


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम् पदबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने माग अघि सारेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै तह, श्रेणी र पदका कर्मचारीहरूलाई देशको आर्थिक अवस्था, सामाजिक परिवेश, बढ्दो महँगीका आधारमा तलब तथा सेवा सुविधाको व्यवस्था गरिनुपर्ने माग राखेको हो ।

पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अर्थमन्त्रीलाई भेटेर आफूहरूले मागहरू पेश गरेको जानकारी दिए ।

अध्यक्ष पोखरेलले यस पटक आफूहरूले श्रेणीविहीन कर्मचारीको तलब कम्तीमा पनि ४५ हजार बनाउनुपर्ने माग राखेको धारणा राखे । सोही आधारमा अन्य कर्मचारीको पनि तलब बढ्नुपर्ने उनले बताए ।

समान पदमा रहेको सुरक्षा निकायमा काम गर्ने कर्मचारीभन्दा निजामती कर्मचारीको मर्यादाक्रम अगाडि रहेको बताउँदै उनले सुरक्षा निकायका कर्मचारीको र निजामती कर्मचारीको तलबमा विभेद रहेका गुनासो गरे ।

साथै, निजामती कर्मचारी अस्पतालमा बहालवाला कर्मचारीहरुले शतप्रतिशत छुटमा उपचार गराउन पाउनुपर्ने युनियनको माग छ ।

आर्मी, प्रहरीको अस्पतालमा सो सुविधा रहेको बताउँदै अध्यक्ष पोखरेलले चेकजाँचदेखि अप्रेसनसम्मका सबै सुविधाहरु निःशुल्क हुनुपर्ने बताए ।

सरकार निजामती कर्मचारीको ग्रेड वृद्धिको विषयमा पनि खुकुलो हुनुपर्ने अध्यक्ष पोखरेलको माग छ ।

अध्यक्ष पोखरेलले आफूहरूको माग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सम्बोधन हुनुपर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  २ : ३६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल