२३.९४ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब माथि  « Khabarhub

२३.९४ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब माथि 


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर बुल ट्रेन्डमा रहेको छ । आज मंगलबार पनि नेप्से २३.९४ अंकले बढेको छ । आज नेप्से १.१४ प्रतिशतले बढेर २११५.९४ विन्दु कायम भएको छ ।

कारोबारको आधारमा पनि नेप्सेमा उत्साह छाएको छ । सोमबार करिब ६ अर्बको कारोबार भएकोमा आज पनि ५ अर्ब बढीको कारोबार भयो । आज बजार बन्द हुँदा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको १ अर्ब ३२ लाख ४१ हजार २१७ कित्ता शेयर ७३ हजार ६६७ पटक किनबेच भयो ।

मंगलबार ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १९४ कम्पनीको शेयर मूल्य बढको छ भने ४३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आज सेन्सेटिभ इन्डेक्स ३.५३ अंकले, फ्लोट इन्डेक्स १.७८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अंकले बढेको छ । आज उपसमूहमा पनि उछाल आएको छ ।

मंगलबारको कारोबारमा फाइनान्स र लघुवित्तमा लगानीकर्ताको आकर्षण देखिएको थियो । १३ समूहमा विकास बैंक र ट्रेडिङ समूहको शेयर मूल्य घटेको छ भने अन्य ११ वटा समूहको शेयर मूल्य बढेको छ ।

आज ५ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ३ : २१ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२